News Portal

  • नेपाल राष्ट्रिय कर्मचारी महासंघले स्थापना दिवसको अवसरमा शुक्रवार रक्तदान गर्ने

    भक्तपुर, १९ मङ्सिर २०७९
    ६०८ पटक
    भक्तपुर, १९ मङ्सिर २०७९

    नेपाल राष्ट्रिय कर्मचारी महासंघले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान गर्ने भएको छ । स्थापना दिवसको अवसर पारेर यहि मंसिर २३ गते शुक्रवार महासंघको बबरमहलस्थित कार्यालयमा वृहत् रक्तदान कार्यक्रम गर्ने निर्णय भएको हो ।

    महासंघका फ्राक्सन् सह इन्चार्ज मोहनमान स्वाँरको प्रमुख आतिथ्य र अध्यक्ष मणिरत्न श्रेष्ठको अध्यक्षतामा आइतवार बसेको सचिवालयले उक्त निर्णय गरेको सचिवालय सदस्य प्रकाश अवालेले जानकारी गराएका हुन् । वैठकमा सचिवालयका सदस्यहरूले विभिन्न एजेन्डाहरूमाथि आ-आफ्ना धारणा राखेका थिए।

    सोही वैठकमा महासंघ स्थापना भएको दिन २४ मंसिरमा देशैभर वृहत् कार्यक्रम गर्ने निर्णय भएको महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठले जानकारी दिएका छन् । साथै, महासंघ स्थापनाको दिनमा काठमाडौमा एक भव्य कार्यक्रम समेत गर्ने र सो कार्यक्रममा पुर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष् पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यता रहने र विशेष अतिथि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उप महासचिव एवं नेपाल राष्ट्रिय कर्मचारी महासंघका फ्राक्सन् इन्चार्ज पम्फा भुसालको हुने अध्यक्ष मणिरत्न श्रेष्ठले वताए ।

    नेपालको कर्मचारी आन्दोलनमा क्रान्तिकारी धार बोकेको यस नेपाल राष्ट्रिय कर्मचारी महासंघको महाधिवेशन पनि आउदो माघ महिनामा नै हुँदैछ । यतिखेर महासंघको महाधिवेशनले कस्तो रणनीति र कार्ययोजना तय गर्छ भन्नेबारे सवैको चासोको विषय बनेको पनि देखिन्छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...