News Portal

  • सुवर्णेश्वर मन्दिर परिसरमा १ सय ८ शिवलिङ्ग र सप्तऋषि स्थापना

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २१ मङ्सिर २०७९
    ८९८ पटक
    भक्तपुर, २१ मङ्सिर २०७९

    भक्तपुरको सूर्यविनायक-५ कटुञ्जेस्थित सुवर्णेश्वर मन्दिर परिसरमा १ सय ८ शिवलिङ्ग र सप्तऋषिको स्थापना गरिएको छ । नगरप्रमुख बासुदेव थापाले बुधवार यस धार्मिक निर्माणको उद्घाटन गरेका छन् ।

    स्थानीय बाबुकाजी कसपालले आफ्नो पितृजनको सम्झनामा १ सय ८ शिवलिङ्ग र सप्तऋषिको स्थापना गरेका हुन् । शिक्षासेवीको रुपमा परिचित कसपाल मोर्डन स्कूल र कलेजका संस्थापक हुन् । १ सय ८ शिवलिङ्ग, सप्तऋषिसहित यसको निर्माण र प्राण प्रतिस्ठा कार्यमा लाग्ने सम्पूर्ण खर्च बाबुकाजी कसपालले ब्यहोरेका स्वर्गद्वारी सन्यास आश्रम सुवर्णेश्वरका अध्यक्ष मुकुन्दप्रसाद लुइँटेलले बताए ।

    मन्दिर परिसरमा १ सय ८ शिवलिङ्ग स्थापना गरी पूजन गर्ने कार्यका लागि मंगलबार पूर्वाङ्ग यज्ञादी र बुधबार  प्राण प्रतिष्ठा रूद्री पूजन एवं लाखबत्ती प्रज्वलन गरिएको बाबुकाजी कसपालका जेठा छोरा अनिल कसपालले जानकारी गराए । शिवलिङ्गलाई शिवालयको मूख्य आकर्षण मानिन्छ । यो पूरै ब्रह्माण्डमा फैलिएको स्तम्भको रुपमा स्वयं शिव स्वरुपले पुजित छ । यसको पुजनले शिव प्रसन्न हुने र शिवभक्तलाई फल प्राप्त हुने कस्पाल परिवारले विश्वास ब्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...