News Portal

  • विश्वकपमा कीर्तिमानी मेसी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ पुस २०७९
    ४०४ पटक
     भक्तपुर, ४ पुस २०७९

    कतारमा सम्पन्न २२ औँ फिफा विश्वकपको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा अर्जेन्टिनाले उपाधि रक्षा गर्दा कप्तान लियोनल मेस्सीको नाममा धेरै कीर्तिमानी बने ।

    फ्रान्सविरुद्ध विश्वकपको फाइनल खेलका लागि मैदानमा टेक्नासाथ मेसीले कीर्तिमान बनाए । उनले विश्वकपमा सबैभन्दा धेरै २६ खेल खेल्ने कीर्तिमानी बनाए । उनले सम्पन्न विश्वकपको सबै ७ खेल खेल्दै जर्मनीका लोथार म्याथ्वुको नाममा रहेको २५ खेलको कीर्तिमान तोडे ।

    कतारमा विश्वकप खेल्नुअघि नै मेसीले विश्वकपको चार संस्करणमा सहभागी हुँदै १९ खेल खेलेका थिए ।

    यस्तै, फ्रान्सविरुद्ध २४ मिनेट खेल्नासाथ मेसीको नाममा अर्को कीर्तिमानी थपिन पुग्यो । इटलीका पाउलो माल्दिनीको नाममा रहेको विश्वकपमा सर्वाधिक धेरै समय खेल्ने कीर्तिमानी पनि उनकै नाममा पुग्यो ।

    विश्वकपमा दुई हजार २ सय १७ मिनेट खेल्दै कीर्तिमानी बनाएका माल्दिनीको स्थानमा मेसीको नाम लेखिन पुग्यो । यो प्रतियोगिताको अन्त्यसँगै मेसीले आफ्नो नाममा दुई हजार ३ सुय १३ मिनेट विश्वकप खेल्ने कीर्तिमान बनाए ।

    मेसीले अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने अर्को कीर्तिमानी थपे । यसका लागि उनले महान खेलाडी म्याराडोनालाई नै पछि पारे । विश्वकपमा लगातार पाँच संस्करण खेल्ने ६ खेलाडीमध्ये उनी एक बने ।

    खेल, गोल मात्र नभई मेसीले विश्वकपमा सबैभन्दा धेरै असिस्ट गर्ने अर्को कीर्तिमान थपे । उनी लगातार पाँच विश्वकपमा असिस्ट गर्ने एक खेलाडी बन्न पुगे । यस्तै, फ्रान्सविरुद्ध फाइनलमा गोल गरेका मेसीले विश्वकपको नकआउट चरणमा अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने एक मात्र खेलाडी बने ।

    यस्तै, मेसीले विश्वकपमा १९ खेलमा कप्तानी गर्ने अर्को कीर्तिमान थप्दै गर्दा १७ खेल जित्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमानसँग बराबरी गरे ।

    देशका लागि अन्तर्राष्ट्रिय स्तरको उपाधि जिते पनि केही गर्न नसकेको आरोप लाग्दै आएको मेसीले सबै प्रश्नहरू एकसाथ बन्द गरिदिएका छन् । साथै, उनले आफूलाई इतिहासकै महान खेलाडीको सूचीमा आफ्नो नाम सुनौलो अक्षरले लेख्न सकेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...