News Portal

  • पुर्वप्रम ओलीले उद्घाटन गरेको चित्रकला तथा पुस्तक प्रदर्शनी सुरु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ पुस २०७९
    ४५८ पटक
     भक्तपुर, ४ पुस २०७९

    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ‘समृद्ध नेपाल, सुखी नेपाल’ शीर्षकमा चित्रकला तथा कलाका विविध आयाम, तथ्य र अभ्याससम्बन्धी पुस्तक प्रदर्शनी सुरु गरेको छ । सो प्रदर्शनीको उद्घाटन शनिबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

    सोही अवसरमा पुर्वप्रमले कलाकार गणेश जीसीको ‘अरनिको एसिया : एक प्रस्तावना’ शीर्षकको पुस्तक लोकार्पण गरेका थिए । कार्यक्रममा पुस्तकका लेखक जीसीले ऐतिहासिक कालमै नेपाललाई कलाको पेगोडा शैलीमार्फत चिनाउने कलाकार अरनिको नेपालका मात्र विभूति नभई एसियाकै एक गौरवमय सम्पदा भएको बताएका छन् ।कलाकार अरनिकोको सन्दर्भमा बढीभन्दा बढी खोज, अनुसन्धान तथा पुस्तक लेखिनुपर्छ भनेर पुस्तक तयार गरेको जानकारी उनले दिए ।

    प्रदर्शनीमा किरण गुरुङ, पुष्प आलेमगर, सुनिल पाण्डे, पकबहादुर थापा, उद्धव रिमाल, हरिओम मेहतालगायतका कलाकारका चित्र र प्रतिष्ठानका विविध विभागमार्फत विगत चार वर्षमा प्रकाशित कलासम्बन्धी विभिन्न पुस्तक प्रदर्शनी आयोजना गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...