News Portal

  • जानकी मन्दिरलाई उपलब्ध गराउने शालिग्राम शिलाको खोजी तीब्र

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ६ पुस २०७९
    २५८ पटक
    भक्तपुर, ६ पुस २०७९

    नेपाल सरकारले जनकपुरधामस्थित जानकी मन्दिरलाई विश्वमै दुर्लभ मानिएको शालिग्राम शिला उपलब्ध गराउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले समेत शिला खोजी गरी जनकपुरधाममा लैजान गरिएको प्रस्तावलाई स्वीकृत गरिएको सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेसंगै शालिग्रामको खोजी थालेको हो ।

    मुस्ताङ र म्याग्दी आसपासका क्षेत्रमा प्रशस्तै पाइने शालिग्रामको खोजी र उत्खननका लागि सरकारी निकायका प्रतिनिधिसहितको टोली कालीगण्डकी नदीमा खटिएको छ । मन्त्रालयबाट आएका प्राविधिकसहितको टोलीले सो क्षेत्रमा रहेको शिला निकाल्न असम्भव भएपछि थप माथिल्लो क्षेत्रमा खोजी गरिरहेको छ ।

    शालिग्राम लोप हुँदै
    तीन दशकसम्म कालिगण्डकी नदीमा अत्यधिक पाइने शिला सडक सञ्जालको विस्तार, नदीमै राखिएको क्रसर उद्योगको अवैध उत्खननलगायत मानवीय र प्राकृतिक कारणले शालिग्राम लोप हुँदै गएको छ । बेनी नगरपालिकाका मेयर सुरत केसीले शालिग्राम शिलाको खोजीमा आएको टोली सम्भावित क्षेत्रमा पुगेको बताए । ‘एउटा पहिचान भइसकेको छ, अर्को खोज्ने कार्य यतिबेला रोकिएको छ’, मेयर केसीले भने ।

    उत्खनन गर्दा नदीबाट हुन सक्ने क्षतिका बारेमा समेत टोलीलाई सचेत बनाइएको मेयर केसीको भनाइ छ । बेनी नगरपालिकालाई गण्डकी प्रदेशबाट समेत पत्र प्राप्त भएपछि जनप्रतिनिधिसहितको टोलीले सघाइरहेको छ । बेनीको देभानदेखि गलेश्वर आसपासका क्षेत्रबाट लैजाने बताइएको छ । शालिग्रामलाई हिन्दु धर्मावलम्बीले विष्णु अवतारका रूपमा पुज्ने गर्छन् ।

    कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम हिन्दु धर्मावलम्बीका लागि बहुमूल्य शिला भए पनि नदी दोहनका कारण शिला पाउन मुस्किल भएको टोलीका प्रतिनिधिहरूको भनाइ छ । शालिग्राम शिला पाइने मुस्ताङ, म्याग्दी र पर्वत खण्डको नदी आसपासमा हुने अवैध उत्खनन तीव्र छ । नागरिक दैनिक

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...