News Portal

  • वाग्मतीका मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २६ पुस २०७९
    ३२९ पटक
    भक्तपुर, २६ पुस २०७९

    वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले मंगलबार बिहान जम्मकट्टेललाई शपथ खुवाएका हुन् ।

    माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शपथ सागै उनले आफनो मन्त्रिमण्डल पनि विस्तार गरेका छन् । उनले एमाले र राप्रपाका एक एक जनालाई पहिलो चरणमा मन्त्रिमण्डलमा सहभागी गराएका हुन् । उनले एमाले दल नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपाका उद्धव थापालाई विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकेका छन् । नवनियुक्त मन्त्रीहरुको पन िमंगलबार बिहानै शपथ भएको छ ।

    जम्मकट्टेलले सोमबार सरकार गठनका लागि दावी पेश गरेका थिए । उनले प्रदेश प्रमुखले दिएको समय सीमा सकिन्नुभन्दा दुई घण्टा अगाडि ७० जना सांसदको हस्ताक्षरसहित दावी पेश गरेका थिए।

    जम्मकट्टेललाई माओवादी केन्द्रका २१, एमाले २७, राप्रपा १३, नेकपा एस ७ हाम्रो नेपाली पार्टीका २ जना सांसदको साथ रहेको छ ।

     

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...