News Portal

  • आमा गुमाएको बच्चालाई दुहुनो गाई उपहार

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २८ पुस २०७९
    ३३७ पटक
    भक्तपुर, २८ पुस २०७९

    ओखलढुंगामा आमा गुमाएको बच्चालाई दुध खानको लागी दुहुनो गाई उपहार दिएको छ । सिद्धिचरण नगरपालिका १ नं. वडा कार्यालय तलुवा मुलघाटकी २० वर्षीय कल्पना भुजेलको पुस २० गते निधन भएपछि कार्यालयले उसको बच्चालाई गाई उपहार दिएको हो ।

    ७ महिने छोरा मावली हजुरआमा सँग भएको र दुध खानको लागी कुनै उपाय नभएपछि वडा कार्यालयको १५ हजार र वडाअध्यक्ष तिर्थ घिमिरेको ब्यक्तिगत ५ हजार गरी जम्मा २० हजारको दुहुनो गाई दिइएको अध्यक्ष तिर्थ घिमिरेले बताए । नगरपालिकाको तर्फ बाट पनि रु १० हजार नगद सहित पोषीलो खानेकुरा दिएको बताएका छन् ।

    सामान्य परिवार भएकाले बच्चालाई पालन पोषण गर्न समस्या नहोस भनेर सहयोग गरेको मेयर तेजेन्द्र खनालले बताए । कलिलै उमेरमा च्यानमका कैलास कटवाल सँग भागी विवाह गरेकी कल्पनाले २० वर्षकै उमेरमा गत जेठमा छोरो जन्माएकी थिईन । बच्चा जन्मे पछि श्रीमान (प्रकास) ले वास्ता गर्न छोडेका थिए । श्रीमानले छोडेपछि दुधे बालक सहित काठमाडौँमा ज्यामी काम गर्दै बसेको माइती परिवार श्रोतले जनाएको छ ।

    गत मंसिर २२ गते काठमाडौँबाट तलुवा माईतिमा आएकी कल्पनाको पुस २० गते सामुदायिक अस्पताल मिसन सोब्रुमा कल्पनाको निधन भएको थियो । सुत्केरी भएको समयमा हेरचाह नभएको र खाना पनि नपाएका कारण कुपोषणले निधन भएको माइति परिवारले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...