News Portal

  • बागमती प्रदेशको सभामुखमा नेमकिपाको उम्मेदवारी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ पुस २०७९
    ४४७ पटक
     भक्तपुर, २८ पुस २०७९

    बागमती प्रदेशको सभामुखमा भक्तपुरबाट नेपाकिपाको समानुपातिक कोटाबाट सांसद चुनिएकी सृजना सायजुले उम्मेदवारी दिएकी छन् ।

    प्रदेशसभा सचिवालय हेटौंडामा भौतिक उपस्थितिमै विहिबार उम्मेदवारी दिएकी उनलाई नेमकिपाका सांसद सुरेन्द्रराज गोर्साइले प्रस्ताव र गीता काफ्लेको समर्थन गरेका छन् ।

    उनले नेपालको संविधानको धारा १८२ एवम् प्रदेशसभा नियमावली पहिलो संशोधन २०७४ को नियम ७ को उपनियम २ बमोजिम मनोनयन दर्ता गरेकी हुन् ।

    यता, सत्ता गठबन्धनले राप्रपाका भुवन पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    सत्ता समीकरण मिलाउने क्रममा गठबन्धनले बागमती प्रदेशमा मुख्यमन्त्री माओवादी, सभामुख राप्रपा र उपसभामुख एमालेले पाउने सहमति भएको थियो ।

    कांग्रेसले शिवराज अधिकारीलाई उम्मेदवार बनाउने भएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...