News Portal

  • प्रयोगात्मक परीक्षामा अनुपस्थितिका कारण उत्तीर्ण हुन नसकेका २६ वर्ष पुराना विद्यार्थीलाई मौका परीक्षा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ माघ २०७९
    ४२८ पटक
     भक्तपुर, २२ माघ २०७९

    त्रिभुवन विश्वविद्यालयका २६ वर्ष पुराना विद्यार्थीहरुले मौका परीक्षा दिने अवसर मिलेको छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले तीन वर्षे स्नातक तहअन्तर्गत व्यवस्थापन, शिक्षाशास्त्र, मानविकी तथा सामाजिकशास्त्र र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत भर्ना भएका विद्यार्थीलाई यस्तो मौका दिएको हो ।

    २०५३ सालदेखि भर्ना भएका तर प्रयोगात्मक परीक्षा रोकिएका सबै परीक्षार्थीले यो मौका परीक्षा अवसर दिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताएका छन् । स्नातक तहमा भर्ना भए पनि प्रयोगात्मक परीक्षामा अनुपस्थित भएका कारण उत्तीर्ण हुन नसकेका २६ वर्ष पुराना विद्यार्थीलाई मौका परीक्षाको अवसर दिएको हो ।

    हाल स्नातक तहअन्तर्गत सम्पूर्ण सङ्काय चार वर्षे भइसकेको छ । तीन वर्षे शैक्षिक कार्यक्रममध्ये जुन सङ्कायमा भर्ना भएको भए पनि पहिलो, दोस्रो वा तेस्रो वर्षमा प्रयोगात्मक परीक्षा दिनबाट छुटेका परीक्षार्थीलाई मौका दिइएको हो ।

    मौका परीक्षामा सहभागी हुन चाहनेले आगामी फागुन ९ गतेभित्र सम्बन्धित क्याम्पसमा परीक्षा फाराम भर्नुपर्ने पनिकाले जनाएको छ । साथै सम्बन्धित विद्यार्थीले पूरा गर्नुपर्ने प्रयोगात्मक परीक्षा, परियोजना कार्य तथा शिक्षण अभ्यासलगायतका सम्पूर्ण कामको प्रक्रिया पूरा गरी आगामी चैत १५ गतेभित्र सोको विवरण बुझाउन पनि पनिकाले निर्देशन दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...