News Portal

  • साइबर अपराधको आरोपमा बिन्दबासिनी म्युजिकका सञ्चालक रेग्मी पक्राउ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ८ फागुन २०७९
    २२७ पटक
    भक्तपुर, ८ फागुन २०७९

    केन्द्रीय साइबर ब्यूरोले बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । थाईल्याण्डबाट नेपाल आउँदै गरेका रेग्मीलाई साइबर अपराधको आरोपमा विमानस्थलबाटै पक्राउ गरिएको हो ।

    पक्राउ परेका रेग्मीकाे आजै अदालतमा म्याद थप गरिनेछ । गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको बुझिएको छ ।

    रेग्मीले सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारहरुविरुद्ध अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाउने गरेको आरोपमा साइबर ब्युरोमा केही दिन अघि उजुरी परेको थियो । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको बुझिन आएको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...