News Portal

  • समाजवादकाे यात्रामा कालीगण्डकी गाउँपालिका

    राजेन्द्र न्याैपाने / भक्तपुरपोस्ट संवाददाता स्याङ्जा, १ चैत २०७९
    ४०१ पटक
    स्याङ्जा, १ चैत २०७९

    दोस्रो संबिधान सभाबाट जारी ऐतिहासिक संबिधान २०७२ ले राज्यको पुर्नसंरचना गरि देशमा ७ वटा प्रदेश बनाए पश्चात गण्डकी प्रदेशको सुदुर पश्चिम स्याङ्जामा  कालिगण्डकी गाउँपालिका अबस्थित छ । यो गाउँपालिका स्थानीय निकाय पुनर्संरचना आयोगले साबिक श्रीकृष्णगण्डकी, बिर्घा, आलमदेबी र चण्डीभञ्ज्याङ गाबिस मिलाएर बनाएको हो । यसको जनसंख्या २ लाख १७ हजार २८ छ भने क्षेत्रफल ७३.५१ वर्ग कि.मि रहेको छ।

    पुर्ब तर्फ गल्याङ नगरपालिका उत्तर तर्फ गल्याङ नगरपालिका, गुल्मी जिल्लाको कालीगण्डकी तथा सत्यवती गाउँपालिका, पश्चिम तर्फ पाल्पा जिल्लाको तानसेन नगरपालिका र दक्षिणतर्फ बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका यति चार किल्ला भित्र कालिगण्डकी गाउँपालिका रहेको छ ।

    यस पालिकाकाे केन्द्र साविकको विर्घा गा.वि.स., गहलाममा रहेकाे छ ।  पालिकाकाे कुल क्षेत्रफल ७३.५१ वर्ग कि.मि. र हाल वडा सँख्या  ७ रहेका छन् ।

     गण्डकी प्रदेश स्थित स्याङ्जा जिल्लामा रहेकाे कालिगण्डकी गाउँपालिकाकाे आफ्नै लाेगाे, झण्डा र पालिकागान रहेकाे छ । देशमा रहेका ७ सय ५३ वटा पालिकामा कसैका लाेगाे छन्, कसैका गान रहेका छन् भने कालिगण्डकी गाउँपालिकाकाे भने लाेगाे, झण्डा र गान रहेकाे पाइएकाे हाे । गाउँपालिका महासँघका अनुसार कालि गण्डकी गाउँपालिका नेपालमा उदाहरणीय रहेकाे छ ।  समाजवादकाे यात्रामा रहेकाे उक्त गाउँपालिकाकाे अनुकरणीय कार्यकाे अध्ययन अवलाेकनका लागि प्रदेशका ४० भन्दा धेरै पत्रकारहरु एकसाथ कालिगण्डकी पुगेका छन् ।

    गाउँपालिकाले सुख्खा जमिनकाे प्रयाेग गर्ने र उत्पादन लिने उदेश्यले स्थानीय प्रविधि र जनशक्तिकाे प्रयाेग गरी जग्गा भाडामा लिएर ड्रागन फ्रुटको खेती गरेकाे छ । न्यूनतम विजुली महसुल निशुल्क गरेकाे छ । गाउँमा अस्पताल सञ्चालनमा ल्याएर निशुल्क उपचार गरेकाे छ । गाउँमा बच्चा जन्मने वित्तिकै स्वास्थ्य विमा गरेकाे छ । कुनैपनि नागरिक उपचार अभावमा चन्दा सङ्कलन गर्न जानुपर्ने वा उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन नागरिककाे उपचार जिम्मा पालिकाले लिएकाे छ ।

    विद्यालयमा पूर्ण निशुल्क शिक्षा प्रदान गरेकाे छ । पालिकामा नीजि विद्यालय तर्फ विद्यार्थीहरुकाे आकर्षण अत्यन्त न्युन रहेकाे छ भने कतिपय नीजि विद्यालयहरु बन्द भएका छन् । विद्यालय क्षेत्रमा फूलखेती गर्ने, प्राविधिक धारकाे शिक्षा लागु गरी उत्पादनसँग जाेड्ने कार्य भइरहेकाे गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले बताएका छन् । स्थलगत अवलाेकनका क्रममा समेत थापाका भनाइहरु पुष्टि भएका छन् । पर्यटन क्षेत्रका प्रचारप्रसारका लागि पालिका भित्रका रहेका सातवटै वडामा पूर्वाधारहरु खडा हुन थालेका छन् । घरवास कार्यक्रमहरु सञ्चालनमा आउन थालेका छन् भने यहाँकाे स्थानीय सँस्कृतिहरुकाे उजागर र सँरक्षणकाे थालनी भएकाे छ ।  खानेपानीकाे आपूर्तीका लागि लिफ्टिङ प्रणालीहरु जडान गर्ने गतिविधि अघि बढेका छन् । पालिकाकाे यस अघिका असल अभ्यासका कारण जनप्रतिनीधिहरु पुन निर्वाचित भएका  छन् । पालिकामा भएका असल अभ्यासहरुले समाजवादकाे यात्रा तय गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...