दोस्रो संबिधान सभाबाट जारी ऐतिहासिक संबिधान २०७२ ले राज्यको पुर्नसंरचना गरि देशमा ७ वटा प्रदेश बनाए पश्चात गण्डकी प्रदेशको सुदुर पश्चिम स्याङ्जामा कालिगण्डकी गाउँपालिका अबस्थित छ । यो गाउँपालिका स्थानीय निकाय पुनर्संरचना आयोगले साबिक श्रीकृष्णगण्डकी, बिर्घा, आलमदेबी र चण्डीभञ्ज्याङ गाबिस मिलाएर बनाएको हो । यसको जनसंख्या २ लाख १७ हजार २८ छ भने क्षेत्रफल ७३.५१ वर्ग कि.मि रहेको छ।
पुर्ब तर्फ गल्याङ नगरपालिका उत्तर तर्फ गल्याङ नगरपालिका, गुल्मी जिल्लाको कालीगण्डकी तथा सत्यवती गाउँपालिका, पश्चिम तर्फ पाल्पा जिल्लाको तानसेन नगरपालिका र दक्षिणतर्फ बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका यति चार किल्ला भित्र कालिगण्डकी गाउँपालिका रहेको छ ।
यस पालिकाकाे केन्द्र साविकको विर्घा गा.वि.स., गहलाममा रहेकाे छ । पालिकाकाे कुल क्षेत्रफल ७३.५१ वर्ग कि.मि. र हाल वडा सँख्या ७ रहेका छन् ।
गण्डकी प्रदेश स्थित स्याङ्जा जिल्लामा रहेकाे कालिगण्डकी गाउँपालिकाकाे आफ्नै लाेगाे, झण्डा र पालिकागान रहेकाे छ । देशमा रहेका ७ सय ५३ वटा पालिकामा कसैका लाेगाे छन्, कसैका गान रहेका छन् भने कालिगण्डकी गाउँपालिकाकाे भने लाेगाे, झण्डा र गान रहेकाे पाइएकाे हाे । गाउँपालिका महासँघका अनुसार कालि गण्डकी गाउँपालिका नेपालमा उदाहरणीय रहेकाे छ । समाजवादकाे यात्रामा रहेकाे उक्त गाउँपालिकाकाे अनुकरणीय कार्यकाे अध्ययन अवलाेकनका लागि प्रदेशका ४० भन्दा धेरै पत्रकारहरु एकसाथ कालिगण्डकी पुगेका छन् ।
गाउँपालिकाले सुख्खा जमिनकाे प्रयाेग गर्ने र उत्पादन लिने उदेश्यले स्थानीय प्रविधि र जनशक्तिकाे प्रयाेग गरी जग्गा भाडामा लिएर ड्रागन फ्रुटको खेती गरेकाे छ । न्यूनतम विजुली महसुल निशुल्क गरेकाे छ । गाउँमा अस्पताल सञ्चालनमा ल्याएर निशुल्क उपचार गरेकाे छ । गाउँमा बच्चा जन्मने वित्तिकै स्वास्थ्य विमा गरेकाे छ । कुनैपनि नागरिक उपचार अभावमा चन्दा सङ्कलन गर्न जानुपर्ने वा उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन नागरिककाे उपचार जिम्मा पालिकाले लिएकाे छ ।
विद्यालयमा पूर्ण निशुल्क शिक्षा प्रदान गरेकाे छ । पालिकामा नीजि विद्यालय तर्फ विद्यार्थीहरुकाे आकर्षण अत्यन्त न्युन रहेकाे छ भने कतिपय नीजि विद्यालयहरु बन्द भएका छन् । विद्यालय क्षेत्रमा फूलखेती गर्ने, प्राविधिक धारकाे शिक्षा लागु गरी उत्पादनसँग जाेड्ने कार्य भइरहेकाे गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले बताएका छन् । स्थलगत अवलाेकनका क्रममा समेत थापाका भनाइहरु पुष्टि भएका छन् । पर्यटन क्षेत्रका प्रचारप्रसारका लागि पालिका भित्रका रहेका सातवटै वडामा पूर्वाधारहरु खडा हुन थालेका छन् । घरवास कार्यक्रमहरु सञ्चालनमा आउन थालेका छन् भने यहाँकाे स्थानीय सँस्कृतिहरुकाे उजागर र सँरक्षणकाे थालनी भएकाे छ । खानेपानीकाे आपूर्तीका लागि लिफ्टिङ प्रणालीहरु जडान गर्ने गतिविधि अघि बढेका छन् । पालिकाकाे यस अघिका असल अभ्यासका कारण जनप्रतिनीधिहरु पुन निर्वाचित भएका छन् । पालिकामा भएका असल अभ्यासहरुले समाजवादकाे यात्रा तय गरेका छन् ।