News Portal

  • शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ चैत २०७९
    १८२ पटक
    भक्तपुर, ६ चैत २०७९

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार गर्ने भएका छन् । बिश्वासको मत पाएपछि उनले सोकुरा सार्वजनिक गरेका हुन् ।

    सोमवार प्रतिनिधि सभामा विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीसंग कुरा गर्दै २/४  दिनभित्रै सरकारलाई पूर्णता दिने प्रष्ट पारे । उनले मङ्गलवार बिहानदेखि नै सत्ता साझेदार दलहरुसंग छलफल सुरु गर्ने पनि जानकारी गराए ।

    गठबन्धनमा रहेका सबै दलसँग बसेर २/४ दिनभित्रमै मन्त्री टुङ्ग्याउने अनि काम गर्ने उनले बताएका छन् ।

    एउटै कार्यकालमा सोमवार सङ्घीय संसद प्रतिनिधि सभाबाट उनले दोस्रो पटक विश्वासको मत पाएका हुन् । बैठकमा २ सय ६२ सांसद उपस्थित भएकामा १ सय ७२ जनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका छन् । ८९ सांसदले यस प्रस्तावको विपक्षमा मत दिँए भने नेमकिपाका १ जना सांसद तटस्थ रहे ।

    यस अघि बिश्वासको मत दिएका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संवैधानिक व्यवस्थाअनुसार पुन: विश्वासको मत लिएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...