News Portal

  • शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ चैत २०७९
    २३६ पटक
    भक्तपुर, ६ चैत २०७९

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार गर्ने भएका छन् । बिश्वासको मत पाएपछि उनले सोकुरा सार्वजनिक गरेका हुन् ।

    सोमवार प्रतिनिधि सभामा विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीसंग कुरा गर्दै २/४  दिनभित्रै सरकारलाई पूर्णता दिने प्रष्ट पारे । उनले मङ्गलवार बिहानदेखि नै सत्ता साझेदार दलहरुसंग छलफल सुरु गर्ने पनि जानकारी गराए ।

    गठबन्धनमा रहेका सबै दलसँग बसेर २/४ दिनभित्रमै मन्त्री टुङ्ग्याउने अनि काम गर्ने उनले बताएका छन् ।

    एउटै कार्यकालमा सोमवार सङ्घीय संसद प्रतिनिधि सभाबाट उनले दोस्रो पटक विश्वासको मत पाएका हुन् । बैठकमा २ सय ६२ सांसद उपस्थित भएकामा १ सय ७२ जनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका छन् । ८९ सांसदले यस प्रस्तावको विपक्षमा मत दिँए भने नेमकिपाका १ जना सांसद तटस्थ रहे ।

    यस अघि बिश्वासको मत दिएका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संवैधानिक व्यवस्थाअनुसार पुन: विश्वासको मत लिएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    चक्रपाणि कथा प्रतियोगितामा शिवराज शाहीको सन्तानको फोटो प्रथम, उत्कृष्ट पाँचले पाए पुरस्कार

    chakrapani katha pratiyogita

    “चक्रपाणि” कथा प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ । चक्रपाणि स्मारक प्रतिष्ठानले मंगलवार प्रतियोगिताको नतिजा सार्वजनिक...

    नेमकिपा अध्यक्ष बिजुक्छेंलाई पूर्व प्रधानमन्त्री देउवाले दिए यस्तो सुझाव

    durlav thapa sher bahadur deuba

    पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’लाई भक्तपुरका...

    मध्यपुर थिमिमा शहिद परिवारसंग प्रचण्डको सम्यबजी, देशैभर जनलहर बढेको भन्दै दंग

    भक्तपुर, १५ कार्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपुर थिमिका शहिद परिवारसंग...

    भक्तपुर नगरव्यापी खेलकुद प्रतियोगिता सम्पन्न, २ हजार ८ सय ४६ जना विद्यार्थी सहभागी

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न भएको छ । ६ दिन देखि जारी प्रतियोगिता बुधबार पुरस्कार...

    साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल छैटौं पटक पनि उपबिजेता

    फाइनलमा नेपाललाई पराजित गर्दै बंगलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि हात पारेको छ । बंगलादेश...