News Portal

  • नेराकस (निजामती) को बागमती प्रदेशमा ढुंगानाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ८ फागुन २०७९
    ८४५ पटक
    भक्तपुर, ८ फागुन २०७९

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को बागमती प्रदेश अध्यक्षमा श्रवण ढुंगाना निर्वाचित भएका छन् । बागमती प्रदेश समितिको दोश्रो अधिवेशनले पूर्वाधार विकाश कार्यालय, काभ्रेका लेखा अधिकृत ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

    कार्यसमितिको उपाध्यक्षहरुमा राजु अर्याल, कुण्डल बिक्रम बुढाथोकी,जयराम कार्की र सुस्मिता सापकोटा रहेका छन् । त्यसैगरी सचिवमा सिताराम फुयाल, सहसचिवमा छितेन भोटे, कोषाध्यक्षमा सन्तोष ढकाल र सह कोषाध्यक्षमा सरिता ओली निर्वाचित भएका कार्यसमिति सदस्य इश्वर केसीले जानकारी गराएका छन् । कार्यसमिति २१ सदस्यीय रहेको छ । बन्द सत्रमा बागमती प्रदेशका १३ जिल्लाबाट आएका ६७ जना प्रतिनिधि सहभागी रहेका थिए ।

    सिंगो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको बताउदै नवनिर्वाचित अध्यक्ष श्रवण ढुंगानाले अधिवेशनको म्यान्डेट अनुसार पेशागत हकहित र ट्रेड युनियन अधिकारको पक्षको लागिरहने प्रतिवद्धता प्रकट गरेका छन् ।

    काठमाडौंमा सम्पन्न अधिवेशनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा सम्बोधन गर्दै मन्त्री मोदीले ब्युरोक्रेसीमा कायम रहेको वर्ग विभेद आफूले अन्त्य गर्ने उद्घोष गरेका थिए । पियन र ड्राइभर जस्ता श्रेणी बिहिन कर्मचारीहरुले दिनरात सेवा गरेपनि सेवाको सहि मूल्यांकन हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै उनले उक्त उद्घोष गरेका हुन् ।

    मन्त्री मोदीले आफू सामन्तवाद बिरुद्ध लडेर आएको भन्दै कर्मचारीतन्त्रको सामन्तवाद आफूलाई स्वीकार्य नभएको बताए । जगेडा र फाजिलमा राखेर कर्मचारीलाई काम नदिई बरण्डामै दिन बिताउन बाध्य पार्ने प्रबृत्ति बिरुद्ध आफू रहेको उनको भनाइ छ । कर्मचारीतन्त्रमा केही सीमित कर्मचारीको हालीमुहाली रहेको खुलासा गर्दै मन्त्री मोदीले तीनै कर्मचारीले बहुसंख्यक कर्मचारी माथि अन्याय गरिरहेको बताए । आफ्नो कार्यकालमा सरुवा बढुवाको बैज्ञानिक प्रणाली बनाइने र सबैमाथि न्याय गरिने उनको दावी छ ।

    उक्त अवसरमा विशेष अतिथि रहेका नेकपा(माओवादी केन्द्र) का बागमती प्रदेश अध्यक्ष एवं प्रदेश सांसद सरल सहयात्री पौडेलले परिवर्तन बिरोधीहरुले माओवादीको बिरोध गरिरहेका बताउदै परिवर्तन पक्षधरहरुले त्यसको प्रतिवाद गर्नुपर्ने प्रष्ट पारे ।

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) मा आवद्ध कर्मचारी पार्टीको बैचारिक सेना समेत भएको भन्दै अध्यक्ष पौडेलले पार्टीले ल्याएको बिचार र एजेन्डा लागू गर्दै परिवर्तनको मर्म अनुरुप जनतालाई सेवा गरी सन्तुष्ट पार्नुपर्नेमा जोड समेत दिए । जनताले लडेर ल्याएको व्यवस्था बलियो बनाउन पार्टीको दुत भएर जनताको घरघरमा पुग्न र जनसेवामा जुट्न उनले निर्देशन समेत दिएका थिए ।

    कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का केन्द्रीय अध्यक्ष हरि रावल लगायत पदाधिकारीको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    स्पीच कम्पिटिसन आयोजना गर्दै लियो क्लब अफ काठमाडौं सौहार्द

    काठमाडौं, १ माघ,  २०८१ । लियो क्लब अफ काठमाडौं सौहार्दले ‘आवाज मञ्च’ नामक स्पीच कम्पिटिसन...

    उपभोक्ता हित नहेर्ने भाट्भटेनी स्टोर्सलाई जरिवाना

    ललितपुर, । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँदोबाटोस्थित भाटभटेनीलाई दस हजार जरिवाना गरेको छ।...

    अक्सफोर्ड प्राक्टिकल स्कूलको विन्टर क्याम्प सम्पन्न

    अक्सफोर्ड प्राक्टिकल स्कूलले निकै प्रतिक्षित विन्टर क्याम्प २०८१ पुस २६ र २७ गते बन जंगल...

    सानोठिमी क्याम्पस प्रमुखमा उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठ नियुक्त

    सानोठिमी क्याम्पसका उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठले क्याम्पस प्रमुखको जिम्मेवारी पाएका छन् । देशभर दुई...

    भक्तपुर प्याब्सनमा कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति, दुई पदमा भयो मतदान

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को भक्तपुर जिल्ला कार्यसमितिले नयाँ नेतृत्व पाएको छ ।...