News Portal

  • मिटरब्याजी पीडितको माग सम्बोधन गर्ने गृह मन्त्रालयको आश्वासन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १४ चैत्र २०७९
    ३०८ पटक
     भक्तपुर, १४ चैत्र २०७९

    मिटरब्याजी पीडितका समस्या समाधान गर्ने आश्वासन गृह मन्त्रालयले दिएको छ ।

    मिटरब्याजी पीडितलाई भेट्न टंगाल पुगेका गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा, काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, काठमाडौँका प्रहरी प्रमुख दानबहादुर कार्कीले समस्या समाधानन गर्ने आश्वासन दिएको हो ।

    सहसचिव शर्माले कानुन बनाएर माग सम्बोधन गर्ने प्रयास भइरहेको बताए ।

    ‘कतिपय विषय कानुन बनाएर संशोधन गर्नुपर्ने छन् । प्रहरी प्रशासन मात्रै भनेर सबै गर्न सकिने कुरा भएन’, सहसचिव शर्माले भने, ‘कानुन बनाउन समय लाग्छ । कानुन बनाउने काम अघि बढेको छ । प्रमुख जिल्ला अधिकारीले पनि काम गरिरहनुभएको छ ।’

    सरकारले ३४६ जना मिटरब्याजी पीडितको समस्या समाधान गरिसकेको र बाँकीको समस्या समस्या समाधानको प्रयास सरकारले गरिरहेको बताए । साथै उनले
    पीडितहरूले प्रधानमन्त्रीलाई भेट्ने चाहाना राखेकाले त्यसको समन्वयका लागि समेत आफूले पहल गर्ने बताए ।

    मिटरब्याजी पीडितहरूले भने आफूहरूका समस्या प्रधानमन्त्रीलाई भेटेर राख्ने बताएका छन् । सहसचिव शर्माले उनीहरूले प्रधाननमन्त्रीलाई भेटेर आफूहरूका समस्या समाधान गर्न आग्रहग गर्ने बताएको र आफूले उनीहरूको धारणा प्रधानमन्त्रीलाई भेटेर राख्ने बताए ।

    ११ दिन पैदल हिँडेर सोमबार काठमाडौँ आइपुगेका पीडितहरू मंगलबार बिहानै प्रधानमन्त्री भेट्ने भन्दै बालुवाटार हिँडेका थिए । तर उनीहरूलाई प्रहरीले टंगालमै रोकेर राखेको छ । प्रहरीले बालुवाटारतर्फ जान नदिएपछि पीडितहरू टंगालमै धार्नामा बसेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...