News Portal

  • प्रसिद्ध विस्का: जात्रा शुरु : जात्रा हेर्दा शत्रु एवं दुःख नाश हुने मान्यता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ चैत २०७९
    ४२० पटक
    भक्तपुर, २७ चैत २०७९

    सौर्यमासका आधारमा मनाइने देशकै एकमात्र सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आज सोमबारबाट शुरु भएको छ । विशेष हर्षोल्लासका साथ यो वर्षको बिस्केट जात्रा शुरु भएको हो ।

    नेपाल भाषामा वि अर्थात् विषधारी नाग – सिका अर्थात् मारिएर भन्ने हुन्छ । विषधारी नाग मारिएको खुशीयालीमा मनाइएको यो जात्रा वि- सिका बाट विस्का: जात्रा हुँदै कालान्तरमा अपभ्रम्स भई बिस्केट जात्रा भनिन थालिएको हो । नाग र नागिनको संहार गरि बस्ती विस्तार गरेको खुसीयालीमा विस्का: जात्रा मनाउन थालिएको किंवदन्ती रहेको छ।

    तमारी (टौमढी)स्थित नागपताकासहितको ल्योसिं उठाउदै ८ रात ९ दिन सम्म मनाइने बिस्केट जात्रा भैरवनाथको रथ तानातान गर्दै शुरुवात गरिएको छ । काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तल्ले रथमा रथभित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट रथ तान्न थालेपछि यो वर्षको जात्रा शुरु भएको हो । रथ तान्नु अघि भैरवनाथको विधिवत पुजा गरी रथमा खड्ग, तरवार, निशान राखिएको थियो ।

    ल्योसिं उभ्याइने र ढाल्ने जात्रा नै विस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ । लिच्छवी कालदेखि सुरू भएको प्रत्येक नयाँ वर्षमा मनाइने भक्तपुरको प्रसिद्ध विस्केट जात्रा भव्यरूपमा मनाइन्छ । जात्रा हेर्न भक्तपुरमा उपत्यकाबाट मानिसहरु भक्तपुर आइपुगेका थिए । बिहानै देखि भक्तपुरका बासिन्दाले ल्योसिं उभ्याएको ठाउँमा बलि दिने र पूजा गर्नेको समेत घुइचो लागेको थियो । सांस्कृतिक महत्व बोकेको विस्केट जात्रा हेरेमा शत्रु एवम् दुःख नाश हुने मान्यता रहेको छ ।

    जात्राको पहिलो दिन भैरवनाथको रथ तानेर क्वने (तल्लो) टोलको तमारी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वशंगोपाल, तेखापुखु र थने (माथिल्लो) टोलको क्वाछेँ, साकोठा, सुकुलढोका, गोमारी, सोङ्गलो, दत्तात्रयसम्म रथ तानेर पुनः गःहिटीमा पु¥याई जात्रा सम्पन्न गरिएको छ । रथ तानेर लादा दत्तात्रय मन्दिर अगाडिको भिमसेन मन्दिर र बेतालको मुख जुधाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ । जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने(माथिल्लो) र क्वने(तल्लो) टोलका बासिन्दाबाट तानातान गरी रथलाई तमारी स्थित भैरवनाथको प्राङ्गणमा पु¥याई जात्रा सम्पन्न गरिन्छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...