News Portal

  • सडक क्षेत्राधिकारभित्रको संरचना हटाउन अन्तिम म्याद

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २८ चैत्र २०७९
    ३३९ पटक
    भक्तपुर, २८ चैत्र २०७९

    ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गको सडक क्षेत्रभित्रको संरचना हटाउन अन्तिम म्याद दिएको छ । नगरपालिकाले सूचना जारी गर्दै सडक क्षेत्राधिकारभित्र पर्ने घर–टहरा लगायतका संरचना हटाउनलाई सात दिनको अन्तिम पटक म्याद दिएको हो ।

    फुङ्लिङ नगरपालिकाले मेची राजमार्ग सडक सीमाभित्रको संरचना हटाउनलाई २०८० साल वैशाख २ गते सम्मको म्याद दिएको छ । राजमार्ग सडकको दायाँ–बायाँ साढे ७ मिटर क्षेत्रभित्रका संरचना हटाउनलाई अन्तिम पटक म्याद दिएको सूचनामा उल्लेख गरिएको छ । तोकिएको समयभित्र सडक सीमा क्षेत्रका संरचना आफैँ हटाउन र नहटाए सडक ऐनको व्यवस्थाअनुसार प्रक्रिया अघि बढ्ने पनि सूचनामा सचेत गराइएको छ ।

    सडक डिभिजन कार्यालय इलामले मेची राजमार्गको सडक क्षेत्राधिकार भित्रका संरचना हटाउन पहिलो पटक गत पुस २४ गते ३५ दिने सूचना जारी गरेको थियो । सडक डिभिजन कार्यालयले सडक सीमा क्षेत्रमा संरचना व्यवस्थापनका लागि सीमा क्षेत्रमा पर्ने स्थानीय तहको समेत सहयोग मागेको थियो ।

    डिभिजन कार्यालयको अनुरोध अनुसार ३५ दिने म्याद सकिएपछि फुङ्लिङ नगरपालिकाले सीमा क्षेत्रमा संरचना हटाई सहयोग गर्न गत फागुन १४ गते सूचना जारी गर्दै १५ दिने म्याद दिएको थियो । त्यसपछि पनि गएको चैत १ गते नगरपालिकाले तेस्रो पटक सात दिनको म्याद दिएर संरचना हटाउन स्थानीयलाई अनुरोध गरेको थियो ।

    यता पटक पटक सूचना जारी गरिएको भए पनि संरचना हटाउनप्रति स्थानीयले बेवास्ता गरेको पाइएको छ । केही स्थानीयले भने सडक मापदण्डभित्र निर्माण गरिएका संरचना आफैँ हटाएका छन् । सीमितले मात्र संरचना हटाए पनि अधिकांशले संरचना हटाउनमा चासो नदेखाएपछि पुनः अन्तिम पटकभन्दै नगरपालिकाले सूचना जारी गरेको हो । गोरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...