News Portal

  • कीर्तिपुरमा आज शोक बिदा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ११ बैशाख २०८०
    १७५ पटक
    भक्तपुर, ११ बैशाख २०८०

    कीर्तिपुर नगरपालिकाले आज नगर क्षेत्रमा शोक बिदा दिएको छ । नगरपालिकाले वडा नं. ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधनमा शोक बिदा दिएको हो ।

    वैशाख १ गते मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका अधिकारीको उपचारको क्रममा हिजो अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा निधन भएको हो । चम्पादेवी मन्दिर जाने बाटो मर्मत गरेर फर्कने क्रममा उनि चढेको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

    मोटरसाइकलको पछाडि रहनुभएका वडाध्यक्ष अधिकारीको टाउकोमा गम्भीर चोट लागेको थियो । आज उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेपछि अन्त्येष्टि गर्ने तयारी भएको कीर्तिपुर नगरपालिकाले जनाएको छ ।

    पोहोर भएको पालिका चुनावमा स्वतन्त्र उम्मेदवार बनेर कीर्तिपुर ४ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...