News Portal

  • एमालेले वडा कमिटीसम्म अधिवेशन गर्ने : ‘मिसन योङ्ग’ अभियान चलाउने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३० बैशाख २०८०
    ३०५ पटक
    भक्तपुर, ३० बैशाख २०८०

    नेकपा (एमाले) ले पार्टीका कमिटीहरू भद्दा भएका भन्दै प्रदेशदेखि वडा कमिटीसम्म अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

    अधिवेशन गर्दा माथिबाट अर्थात पहिले प्रदेश कमिटी, त्यसपछि जिल्ला, पालिका हुँदै वडा र टोल कमिटीका अधिवेशन सम्पन्न गरिने निर्णय भएको पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेतले बताएका छन् । पदमा बस्न मरिहत्ते गर्ने तर जिम्मेवारी बहन नगर्ने प्रवृत्ति बढेको निष्कर्ष निकाल्दै बैठकले लगातार तीन बैठकमा अनुपस्थित हुनेलाई कमिटीबाट बिदा दिने विषयमा पनि निर्णय लिएको बताइएको छ ।

    पार्टी सदस्यता नवीकरणको काम असार मसान्तभित्र सम्पन्न गरिसक्ने र वादाका कुल मतदाताको ३ प्रतिसत कार्यकर्ता बिस्तार गर्ने निर्णय भएको नेता बस्नेतले बताए ।

    पार्टीको जनआधार विस्तार गर्न जनसंगठनलाई पार्टी कार्यकर्ता निर्माण गर्ने ‘इन्कुभेसन सेन्टर’को रुपमा रुपान्तरित गरिने र राजनीतिक ध्रूवीकरणलाई प्रभावकारी बनाउनका लागि पार्टी प्रवेशलाई अभियानका रुपमा अघि बढाइने केन्द्रीय कमिटीले निर्णय गरेको बताइएको छ ।

    मिसन ग्रासरुट बाट उत्साहित हुँदै पार्टीले ‘मिसन योङ्ग’ अभियान सञ्चालन गर्ने समेत केन्द्रीय कमिटीले कार्ययोजना बनाएको छ । पार्टीमा युवा आकर्षण र युवा सहभागिता विस्तार गर्न जरूरी देखिएको हुँदा नयाँ अभियान सञ्चालन गरिने छ । साथै, “देशैभरि–छोराछोरी”को नारामा पार्टीका नेता कार्यकर्ताको घरघरबाटै युवा–कार्यक्रम सञ्चालन गरिने छ ।

    त्यस्तै प्रचारात्मक काम र सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्ने कार्य योजना बनाइएको समेत नेता बस्नेतले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...