News Portal

  • टोपबहादुर रायमाझी पक्राउ, सरकारप्रति भरोषा र अनुसन्धान प्रति बिश्वास बढ्दै

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३१ बैशाख २०८०
    ३८५ पटक
    भक्तपुर, ३१ बैशाख २०८०

    नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीलाई उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

    प्रहरीले रायमाझीका छोरा सन्दीपलाई २० वैशाखमा नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ । जिल्ला अदालत काठमाडौंले २० वैशाखमै पक्राउ पुर्जी जारी गरेपनि पूर्व उपप्रधान मन्त्री समेत रहेका रायमाझी भने फरार भएका थिए ।

    यसअघि प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँगै १२ जना लाई पक्राउ गरिसकेको छ । अनुसन्धान अघि बढ्दै जादा ठुला नेताहरु तानिएपछि सरकारले अनुसन्धानलाई अझ महत्वका साथ् अघि बढाएको छ ।

    उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले निर्दोष नपर्ने र दोषी उम्कन नसक्ने जिकिर गर्दै प्रहरीले अनुसन्धानलाई दृढतापूर्वक निष्कर्षमा पुर्याउने बताउदै आएका छन् । ठुला नेताहरु अनुसन्धानका दायरामा आए संगै जनतामा सरकारप्रति भरोषा र अनुसन्धान प्रति बिश्वास बढ्दै गएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...