News Portal

  • सरकारको भ्रष्टाचार बिरोधी कदमले नागरिक उत्साहित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ जेठ २०८०
    १९४ पटक
    भक्तपुर, २ जेठ २०८०

    सरकारको भ्रष्टाचार बिरोधी कदमप्रति नागरिक आन्दोलनका अगुवाहरूले सन्तोष व्यक्त गरेका छन् । भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सरकारले देखाएको साहसप्रति उनीहरुले सन्तोष व्यक्त गरेका हुन् ।

    नागरिक आन्दोलनका अगुवाहरु डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले मंगलवार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर भ्रष्टाचारविरुद्धको पहलप्रति समर्थन, ऐक्यबद्धता, अपेक्षा र विश्वास व्यक्त गरेका हुन् । उनीहरुले सरकारको भ्रष्टाचार बिरोधी कदमले नागरिक उत्साहित रहेका बताउँदै अनुसन्धान र कारवाहीलाई निष्कर्षमा पुर्‍याई छाड्न खबरदारी समेत गरेका छन् ।

    उक्त अवसरमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीले स्वतन्त्रतापूर्वक अनुसन्धान अघि बढाइरहेको जानकारी गराउदै निर्दोष नपर्ने र दोषी उम्कन नसक्ने दावी गरे । नागरिक समर्थनले अनुसन्धानमा थप उत्साह थपेको भन्दै उनले नागरिक समाजलाई धन्यवाद ज्ञापन समेत गरेका उनका प्रेस सल्लाहकार कमल गिरीले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...