News Portal

  • भैंसीकै महत्वहिन चर्चा, कृषिप्रतिकाे घाेर अपमान

    सुदर्शन सिग्देल काठमाडौ, २१ जेठ २०८०
    ६१६ पटक
    काठमाडौ, २१ जेठ २०८०

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सधैँ पूर्वाग्रही आँखाले हेरिरहनेप्रति त केही भन्नु छैन । उनले भारत भ्रमणका क्रममा सम्झाैता गरेर भैंसी ल्याए भनेर संसददेखि सामाजिक सञ्जालसम्म निकै खिसिट्याैरी गरेकाे देखियाे । याे एउटा आफ्नै प्रधानमन्त्रीविरूद्ध मात्र नभई कृषिप्रतिकाे घाेर अपमान हाे । किसान र कृषिलाई नै नजरअन्दाज गरेकाे हाे । संसदमा चिल्लाचापुला पार्टीका सभापति र सांसदहरू बुरूक्क-बुरूक्क गर्दै ‘नागरिकतासित भैंसी प्रधानमन्त्रीले किन साटे …?’ पाे भन्दारहेछन् ।

    मेराे विचारमा प्रधानमन्त्रीले नागरिकतासित भैंसी साटे साटेनन्, संसदमा पक्कै जवाफ देलान् । मुर्रा राँगाे ल्याउने नेपाल सरकारकाे पहिलेदेखिकै प्रयासले प्रधानमन्त्रीकाे भारत भ्रमणका क्रममा सार्थकता पाएकाे मात्र हाे । याे बाहेक प्रम भ्रमणका क्रममा नेपालकाे विद्युत भारतलाई बेच्नेलगायत अरू थुप्रै दीर्घकालीन महत्वका सम्झाैता/समझदारी भएका छन् । भैंसीकै चर्चा किन बढी ? किनकि हामी तिललाई पहाड बनाउन निकै माहिर छाैं ।

    म प्रमकाे पार्टी समर्थक वा भक्त पनि हाेइन । तर, याे देशकाे प्रधानमन्त्रीकाे राम्राे कामलाई समर्थन गर्ने एक जिम्मेवार नागरिक हुँ । प्रम दाहालमा केही राम्रै गर्ने हुटहुटी देख्छु । नराम्राे गर्ने उनकाे चाहना देख्दिनँ । यदि उनले नराम्राे गरे औंल्याउन अर्काे आइतबार कुरिराख्नु पर्दैन ! जय हाेस् ! (सिग्देल शिक्षा पत्रकार हुन् )

    प्रतिकृया दिनुहोस्

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...