News Portal

  • प्रधानमन्त्रीको बोलिको विषयमा जवाफ माग्ने अधिकार हुँदाहुँदै संसद चल्न नदिनु गैरजिम्मेवारी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २० असार २०८०
    ३९० पटक
    भक्तपुर, २० असार २०८०

    उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले प्रतिपक्ष दलले संसदीय प्रक्रिया र मर्यादा नाघेर संसद अवरुद्ध गरेको बताएका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिको आशय सोध्न पर्नेमा राजीनामा माग्नु संसदीय प्रक्रिया विपरित भएको मन्त्री बस्नेतले बताएका हुन् ।

    प्रतिनिधि सभा बैठकपछि आफ्नो प्रतिक्रिया दिंदै मन्त्री बस्नेतले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) गैरजिम्मेवार बनेको बताए । प्रधानमन्त्रीको बोलिको विषयमा प्रश्न गर्ने र जवाफ माग्ने अधिकार हुँदाहुँदै संसद चल्न नदिनु संसदीय प्रक्रिया विपरित भएको मन्त्री बस्नेतको भनाई छ ।

    ‘संसदमा बोलाएर प्रधानमन्त्रीज्युको आशय के हो भनेर सोध्ने अधिकार हुँदाहुँदै, संसद चल्न दिन्नौँ भन्ने कुरा त्यो संसदीय प्रक्रिया होइन । उर्जामन्त्री बस्नेतले भने, ‘प्रधानमन्त्रीको आशय सुनिसकेपछि उहाँहरुलाई त्यो कुरा चित्त बुझेन भने पो कुरा हुन्थ्यो ।’

    सरदार प्रितम सिंहको सदिक्षाको सम्बन्धमा प्रधानमन्त्री प्रचण्डले गरेका कुरालाई राजनीतिक विषय बनाउनु जरुरी नरहेको उनले जिकिर गरेका छन् ।

    प्रचण्डले दिएका अभिब्यक्तिलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राम्रै मसला बनाएको छ । उनले प्रितम सिंहको किताब बिमोचन कार्यक्रममा सम्बोधन गर्दै सिंह आफू प्रधानमन्त्री बनोस भन्ने चाहनाले नेपालका दलहरु र दिल्ली सम्म जाने गरेका बताएपछि सोही अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजिनामा माग गर्दै संसद अवरुद्ध गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...