News Portal

  • प्रधानमन्त्री प्रचण्डलाई पत्नी शोक

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ असार २०८०
    ३३७ पटक
    भक्तपुर, २७ असार २०८०

    प्रधानमन्त्री एवं माओवादी जनयुद्धका सुप्रिम कमान्डर तथा नेकपा(माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डलाई पत्नी शोक परेको छ । उनको जीवन संगिनी सीता दाहालको बुधवार बिहान निधन भएको हो ।

    सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने असाध्य रोगले ग्रसित रहेकी थिइन् । उपचारको क्रममा नर्भिक अस्पतालमा करिब ७० वर्षको उमेरमा उनको निधन भएको पारिवारिक श्रोतले पुष्टि गरेको छ ।

    बिहान ११ बजेदेखी १ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा उनको पार्थिव शरीरलाई श्रध्दाञ्जलीका लागि पार्टी कार्यालय पेरिस डाडामा राखिने बताइएको छ । १:३० बजे आर्यघाटमा अन्तिम श्रध्दाञ्जली सहीत अन्तिम बिदाई हुने जनाइएको छ ।

    सीता दाहालका २ छोरी छन् । सीताले अध्यक्ष प्रचण्डलाई पारिवारिक तथा राजनीतिक जीवनमा पूर्ण साथ दिएकी थिइन् । बिरामी नरहँदा पार्टीमा पनि उनको ठूलो योगदान र बलियो प्रभाव रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...