News Portal

  • मनाईयो गथामुग पर्व, यस्तो छ किम्बदन्ती

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३० असार २०८०
    ३३४ पटक
    भक्तपुर, ३० असार २०८०

    हरेक वर्ष झै यस वर्ष पनि गथामुग पर्व मनाईएको छ । शनिवार नेवा समुदायले गथामुग पर्व मनाएका छन् ।

    टोल, नगर, गाउँका चौबाटो, तीनदोबाटो तथा दोबाटोमा छ्वाली तथा नर्कटले बनाइएको गथामुगको दाह संस्कार गरी नेवार समुदायले यसलाई सम्पन्न गरेको हुन । यसरी भीमकाय परालबाट बनेको गाथांमग सेलाउन जाँदा गुठी तथा दाफाभजनका सदस्यहरूले बाजागाजा बजाउने तथा अन्यले छ्याली बालेर सँगसँगै गई विभिन्न अश्लील गालीहरू गर्ने गरिन्छ ।

    गथामुगमा आवश्यक पर्ने साम्रगी भने टोलका स्थानीय बासिन्दासँगै माग्ने चलन रहेको छ । यसको लागि मुख्य गरी छ्वाली र नर्कट र नाङ्ग्लोका आवश्यकता पर्ने गर्दछ । टोलमा अलि चित्र कोर्न जान्नेले नाङ्लोमा विशाल डरलाग्दो मुखाकृति, कपडाबाट बनाइएका पुतलीहरूको माला, भोगटेलगायतले सिंगारिएर बनाइन्छ ।

    पराल र नर्कटबाट बनेको गथामुगलाई अश्लील र भद्दा देखाउन दुइटा ठूल्ठूला हरिया भोगटे र परालको डोरी बेरेर बनाएको डल्लो झुन्ड्याइन्छ । जसलाई पुरुषको जनेन्द्रीय अंगको प्रतीक मानिन्छ ।

    टोलटोलमा मान्छे मार्ने र मान्छेको मासु खाने गथामुग राक्षस मारेको सम्झनामा यो पर्व मनाइदै आइएको छ । टोल टोलमा गथामुगको आकृती बनाइ अपशब्द र गाली गलौजका साथ यात्रा गरि देश (हाल नगर) बाहिर लगि दहन गरिन्छ।

    यस्तो छ किम्बदन्ती

    किम्बदन्ती अनुसार मलामी गएका एक मानिसको खाजा खादै गर्दा लासको डल्लो उछित्टिएर उनको भागमा परेछ । स्वाद थाहाँ पाउने इच्छाले त्यो खाएपछि उसलाई मान्छेको मासुको तलतल लाग्न थालेछ र उ एक राक्षसमा परिणत भएछ ।

    समाजले देश निकाला गरेपछि उ झन् हिस्रक भएर बाटोमा एक्लै हिड्ने मानिसको शिकार गर्न थालेछ । एक दिन जम्काभेट भएको एक जना “नौ” ( नेवा: जाति भित्रको अर्थोपेडिक र सैलुन ब्यबसाय गर्ने) व्यक्तिले उक्त मानब मांस खाने “गथा मुग ” लाई राम्रो बनाइदिने बहानामा कपाल दार्ही काट्ने क्रममा घाटी रेटी मारिदिएछ्न ।

    यसप्रकार समाजमा हिंसा र डर फैलाउने दानब प्रवृत्ति बोकेको गथामुगको साउन कृष्ण चतुर्दशीको दिन समाज कल्याणको उदेश्य बोकेका नौले अन्त्य गरि दिएको सम्झनामा यो पर्व मनाइदै आएको जनविश्वास रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर नगरव्यापी खेलकुद प्रतियोगिता सम्पन्न, २ हजार ८ सय ४६ जना विद्यार्थी सहभागी

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न भएको छ । ६ दिन देखि जारी प्रतियोगिता बुधबार पुरस्कार...

    साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल छैटौं पटक पनि उपबिजेता

    फाइनलमा नेपाललाई पराजित गर्दै बंगलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि हात पारेको छ । बंगलादेश...

    सरस्वती माविले उचाल्यो देउसी भैलो रनिङ्ग शिल्ड, महेन्द्र विद्याश्रम दोश्रो र एड्भान्स तेस्रो

    भक्तपुर जिल्लाब्यापी विद्यालयस्तरीय देउसी भैलो रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी सरस्वती माविले उचालेको छ । गत...

    नरबहादुर कर्माचार्यको जन्मशताब्दी आरम्भ, अपराह्न प्रज्ञामा बैचारिक कार्यक्रम

    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी समारोह शुरु गरिएको छ । नेकपा नेकपा...

    विद्यार्थीहरु विदेशिने प्रवृत्ति बढेकोप्रति राष्ट्रपति पौडेल चिन्तित

    राष्ट्रपति रामचन्द्र पौडेलले कक्षा १२ सक्ने बित्तिकै विद्यार्थीहरु विदेशिने प्रवृत्ति बढेकोभन्दै चिन्ता व्यक्त गरेका छन्...