News Portal

  • सशस्त्रका १२ एसपीको बढुवा सिफारिस

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ३२ साउन २०८०
    ४१४ पटक
    भक्तपुर, ३२ साउन २०८०

    सशस्त्र प्रहरीका १२ जना एसपीलाई एसएसपीका लागि बढुवा सिफारिस गरिएकोब्छ । साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेका र नयाँ संगठन तथा ब्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८० स्वीकृत भई थप भएका गरी १२ वरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको हो ।                                            सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको अध्यक्षतामा बिहिबार बसेको बढुवा समितिको बैठकले सशस्त्र प्रहरीका उपरीक्षक (एसपी)हरुलाई सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुवा सिफारिस गरेको हो।

    बढुवा सिफारिस हुनेमा राजेश उप्रेती, गंगाराम श्रेष्ठ, रविन राज कर्णजीत, भरत खनिया, नेत्रबहादुर कार्की, रमेशकुमार पाण्डे, विकाश घिमिरे, तिर्थराज पौडेल, जहरसिंह बुढामगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली र तेजप्रसाद पोखरेल रहेका गृह मन्त्रालयका प्रेस बिज्ञ कमल गिरीले जानकारी गराए ।

    सिफारिसमा चित्त नबुझ्ने सशस्त्र प्रहरी उपरीक्षकहरुले नियमावलीको नियम ३८ को उपनियम (३) बमोजिम सातदिन भित्र उजुरी दिनसक्ने बढुवा समितिका सदस्यसचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले जानकारी दिएका छन् ।

    बढुवा समितिले कार्यसम्पादन मूल्याङ्कन, कमाण्ड तथा स्टाफ कोर्ष, जेष्ठता र व्यवसायिक क्षमता समेतलाई आधार मानेर सिफारिस गरेको बुझिएको छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...