News Portal

  • शिक्षा विधेयकको विरोधमा हजारौं शिक्षकहरू सडकमा

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ३ असोज २०८०
    ३४८ पटक
    भक्तपुर, ३ असोज २०८०

    सरकारले संसद्मा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा हजारौं शिक्षकहरू सडकमा उत्रिएका छन् । उनीहरुले राजधानी केन्द्रित आन्दोलन शुरु गरेका हुन् ।

    शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासङ्घको अगुवाइमा देशभरबाट आएका शिक्षकहरू माइतीघरमा भेला भई आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण ट्राफिक व्यवस्थापन बिथोलिएको छ ।

    विधेयकमा महासङ्घको विभिन्न १८ बुँदे असहमति रहेको शिक्षक नेता शंकर अधिकारीले जनाएका छन् । सरुवा, बढुवामा मनोमानी गरिएको वृत्ति बिकासको अवसर नभएको र पेशागत असुरक्षाका कारण आन्दोलन गर्न बाध्य भएको उनले बताए । त्यसका अलावा शिक्षामा लगानी वृद्धि गर्न, कक्षा १२ सम्मको पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर्न समेत माग गरिएको छ ।

    शिक्षक र विद्यालय कर्मचारी माथि ज्यादती बन्द गर, शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर, शिक्षामन्त्री राजीनामा दे, कक्षा १२ सम्मको पूर्ण निःशुल्क गर्, १० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर्, राहत र उच्च मावि दरबन्दी स्वीकृत गर्, शिक्षा विधेयक संशोधन गर् लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनकारीहरु नयाँ बानेश्वर पुगेका छन् । आन्दोलनमा भक्तपुरबाट पनि शिक्षकहरु सहभागी रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...