News Portal

  • बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक छैन : विप्लव

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १४ असोज २०८०
    ५३० पटक
    भक्तपुर, १४ असोज २०८०

    नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक नरहेको बताएका छन् । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजित “विद्यार्थीसँग विप्लव” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले नेपालको शिक्षाले बेरोजगार उत्पादन गरिरहेकाले शिक्षा नीति बदल्नुपर्नेमा जोड दिएका हुन् ।

    महासचिव विप्लवले नेपालमा विद्यार्थीहरुलाई विदेश जान रोक्न सक्ने शिक्षाको बिकास हुनुपर्ने बताए । उनले आफ्नो पार्टीले नेपाललाई केही नयाँ परिवर्तन चाहेको र त्यो गर्ने इच्छाशक्ति र सामर्थ्य समेत भएकाले विद्यार्थीहरुलाई निरास नबन्न आग्रह गरे । महासचिव विप्लवले भने,“हामी यो देशका युवा विद्यार्थीहरुलाई निरास बन्न दिदैनौँ ।”

    महासचिव विप्लवले शिक्षालाई उत्पादन र श्रमसँग जोड्नुपर्नेमा जोड दिए । कुनैपनि नेपालीले श्रम गर्न लाज मान्न नहुने र उत्पादनको काममा जुट्नुपर्ने उनले बताए । उनले मध्यपश्चिम विश्वविद्यालयले छोटै समयमा केही राम्रो र नमुनायोग्य काम गरेको भन्दै धन्यवाद समेत दिए ।

    ‘६ करोडलाई खान पुग्ने नेपालको जमिन आज साढे दुई करोड जनतालाइ समेत खान पुग्ने गरी उत्पादन भएको छैन । यो कुराको नेकपाले अन्त्य गर्न चाहन्छ । ‘ उनले भने । विदेशी हस्तक्षेप कुनैपनि बहानामा स्वीकार नहुने उनले स्पष्ट पारे ।

    कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डाक्टर नन्दबहादुर सिंहले विश्वविद्यालयमा राजनैतिक हस्तक्षेप हुने र राम्रो गर्न खोज्दा दबाब आउने खुलासा गर्दै विश्वविद्यालयलाई शिक्षाको मन्दिर जस्तै पवित्र संस्था बनाएर अघि बढ्नुपर्ने बताए ।

    कार्यक्रममा महासचिव विप्लवलाई विश्वविद्यालयका विद्यार्थीहरुले विविध प्रश्न राखेका थिए । उपकुलपति सिंह लगायतको विश्वविद्यालय परिवारले उनको स्वागत गरेको थियोे । विश्वविद्यालय परिवारले विश्वविद्यालयले गरेका कामहरुकोबारे जानकारी गराउन इन्जिनियरिङ्ग क्याम्पस, शिक्षा, ल, एजुकेशन लगायतका फ्याकल्टिका क्याम्पसहरुको महासचिव विप्लवलाई निरिक्षण गराएको थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...