News Portal

  • भाइटीकाको उत्तम साइत सार्वजनिक

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २० कार्तिक २०८०
    ३५२ पटक
    भक्तपुर, २० कार्तिक २०८०

    आजको एकसातामा यो वर्षको भाइटीका परेको छ । तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन पर्ने भाइटीका यो वर्ष २९ गते बुधवार परेको हो ।

    दाजुभाइलाई दिदीबहिनीले स्नेहपूर्वक पूजा गरी सप्तरंगी टीका लगाइदिने यो पर्वले आयू आरोग्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । भाइटीकाको लागि यो वर्ष कार्तिक २९ गते बुधवार बिहान १० बजेर एकाउन्न मिनेट जाँदा उत्तम साइत रहेको पन्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिले भाइटीकाको उत्तम साइत १० बजेर एकाउन्न मिनेट ठहर गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले पुष्टि गरेका छन् ।

    परापूर्वकालमा मृत्युलोकका राजा यमराजले बहिनी यमुनाको निमन्त्र णामा पाँच दिन उनको घरमा बसेको र अन्तिम दिन भाइटीका लगाई बिदा भएको जनविश्वास छ । यमपञ्चकका यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने किंवदन्ती समेत रहेको छ ।

    भाइ टीकाको दिन दियो, कलश र गणेशको पूजा गर्ने गरिन्छ । यमराजबाट दाजुभाइको आयूको आह्वान गर्ने यो पर्वमा बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबो, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायुको कामनासंग सम्बन्धित रहेको पाइन्छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...