News Portal

  • पतिपत्नी सवार मोटरसाइकल पल्टदा पछाडीबाट आइरहेको बसको ठक्करबाट पत्नीको मृत्यु

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १४ मंसिर २०८०
    ४६६ पटक
    भक्तपुर, १४ मंसिर २०८०

    काभ्रेको रोशि ११ डालाबेशि स्थित बि.पि.राजमार्ग सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मोटरसाइकल पल्टदा पछाडी बाट आइरहेको बसले किचेपछि मोटरसाइकलमा सवार रहेकी काठमाडौको का.म.न.पा.११ की ६१ वर्षीया बिन्दा गिरीको ज्यान गएको हो ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जनाए अनुसार बिहीवार बिहान करिब १० बजेको समयमा सिन्धुली तर्फ जादै गरेको बा.प्र.०२-०२४ प ४०९२ नं. को मोटरसाइकल.आफै अनियन्त्रित भई पल्टदा सोहि दिशाबाट आउदै गरेको बा ४ ख ७५१८ नं. को बसले ब्रेक लगाउने क्रममा बसको पछाडिको भागको बाँया साईडको चक्काले पछाडि सवार गिरीलाई ठक्कर दिई घाईते बनाएको थियो । उनलाई उद्धार गरी धुलिखेल अस्पताल पुर्याइएकोमा उपचारको क्रममा करिब सवा ११ बजे सम्बन्धित चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    उनका पति मोटरसाइकल चालक प ६१ वर्षीय ज्ञानराज गिरीको दाहिने हात र खुट्टामा चोट रहेको र अबस्था मध्यम रहेको बताइएको छ । ठक्कर दिने बस र बसका चालक इप्रका मंगलटारको नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ ।

    यसैगरी काभ्रेमै दिउसो करिब साढे २ बजे अर्को सडक दुर्घटना भएको छ । नमोबुद्ध न.पा. ७ चौकीडांडा स्थित विपि राजमार्ग सड्क खण्डमा काठमाण्डौबाट पुर्व तर्फ जाँदै गरेको प्र. २ -०२-००१ च ०८२८ नं. को कुखुरा बोक्ने बोलेरो गाडिले बिपरित दिशाबाट आउदै गरेको बा ६५ प १४०९, बा ८७ प ६९३६ र बा.प्र.०२-०४५ प ५४३० नं. को गरी ३ वटा मोटरसाइकल लाई ठक्कर दिएको हो ।

    दुर्घटना भएको ३ वटा मोटर साइकलमा सवार ६ जना ब्यक्तिहरुलाई उपचारको लागि धुलिखेल अस्पताल पुर्याइएको, सबै सवारी साधन र बोलेरो चालक प्रहरी चौकी कटुन्जेको नियन्त्रणमा रहेको डिएसपी राजकुमार श्रेष्ठले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...