News Portal

  • भक्तपुरमा शनिवार सम्पदा पदयात्रा, यस्तो छ रुट

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ५ पुस २०८०
    ३३६ पटक
    भक्तपुर, ५ पुस २०८०

    भक्तपुर नगरपालिकाले सम्पदा पदयात्रा गर्ने भएको छ । नगरका विभिन्न क्षेत्रमा रहेका बहा, बहीहरु अवलोकन गराउने उद्देश्यका सम्पदा पदयात्रा गरिने भएको हो ।

    ‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नारासहित शनिबार सम्पदा पदयात्रा कार्यक्रम आयोजना हुने भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनाएका छन् ।

    योमरी पुन्हीको अवसरमा हुने ‘सांस्कृतिक सम्पदा पदयात्रा’ बारे सम्बन्धित सरोकारवालाहरुसँग छलफल कार्यक्रम समेत सम्पन्न भएको र पदायात्रामा नगरबासीहरुको सक्रिय सहभागिता रहने उनले विश्वास व्यक्त गरेका छन् ।

    नगरभरि छरिएर रहेका बहाबहीको अवस्थाबारे अभिलेखीकरण गरी नयाँ पुस्तालाई जानकारी समेत दिने उद्देश्यले सम्पदा पदयात्रा आयोजना गरिएको बताउँदै प्रमुख प्रजापतिले भने, ” बहाबहीबारे अध्ययन अनुसन्धान गर्नेहरुलाई पनि पदयात्रा एक अवसर बन्न सक्छ र यसको प्रचारप्रसारमा पनि मद्दत मिल्छ ।”

    नगरपालिकामा आयोजित पदयात्रा सम्बन्धी छलफलमा भक्तपुरमा रहेका सबै बहा, बही र बिहारका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । छलफलमा उपस्थित प्रतिनिधिहरुले भक्तपुर नपाको आयोजनामा हुने बहाबही चिनाउने कार्यक्रम प्रसंसनीय भएको बताउँदै नगरपालिकाको आयोजनामा हुने सम्पदा पदयात्रामा आफूहरुको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता प्रकट गरेका नगरप्रमुखको प्रेस संयोजक कीर्तिका प्रजापतिले जानकारी गराएकी छन् ।

    छलफलमा भक्तपुर नपा वातावरण तथा पर्यटन समितिका संयोजक रबिन्द्र ज्याख्व र भक्तपुर नपा पर्यटन शाखाका प्रमुख गौतमप्रसाद लासिवाले योमरी उत्सव तथा सांस्कृतिक सम्पदा पदयात्राको रुटबारे अवगत गराएका थिए ।

    भक्तपुर नपाको आयोजनामा २०८० पुस १४ गते शनिबार हुने सांस्कृतिक सम्पदा पदयात्रा भनपा वडा नं. ५ टौमढीबाट सुरु भई भनपा ७ याता गोल्मढीमा पुगी सम्पन्न गरिने कार्यक्रम छ । उक्त पदयात्रा बिहान १० बजेटबाट सुरु हुने बताइएको छ ।

    योमरी उत्सव तथा सांस्कृतिक सम्पदा पदयात्रा २०८० भक्तपुरको टौमढीबाट सुरु भई अखण्डशील महाविहार (बुलुचा), जेतवर्ण (तेखाचो), बौद्ध समंकृत (कुथुबही), जयकिर्ति (थथुबही), जेष्ठवर्ण (इताछेँ), लोकेश्वर (कुश्क्व), चर्तुब्रम्ह (साकोथा), यालाछेँ बही (यालाछेँ), सुवर्ण (सुकुलढोका), मन्जुवर्ण (बेखाल), प्रशन्नशील महाविहार (क्वाठण्डौं), दिपंकर (क्वाठण्डौं), कुलरत्न (क्वाठण्डौं), धर्मकिर्ति (क्वाठण्डौं), आदिपद्य (सूर्यमढी), खुसीबह (खोह्रे), मुनिबिहार (खँचा), इन्द्रवर्ण (इनाचो) र झौरबही (गोल्मढी) हुँदै भनपा वडा नं. ७ यातामा पुगी कार्यक्रमको समापन हुने नगरपालिकाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...

    बिज्ञापन बुझ्दै बागीश्वरीका विद्यार्थी

    भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार  अध्ययनरत  विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल...