News Portal

  • भक्तपुरको भैरवनाथ मन्दिरलाई सुवालको ७ लाख ७७ हजार सहयोग

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, १० पुस २०८०
    ४३६२ पटक
    taumadhi youth clubभक्तपुर, १० पुस २०८०

    भक्तपुरको भैरवनाथ मन्दिरमा पूजा व्यवस्थापनका लागि अक्षय कोष स्थापना गर्न स्थानीय शिवराम सुवालले आर्थिक सहयोग गरेका छन् । भनपा १० बेखाल बस्ने समाजसेवी सुवालले मन्दिरका लागि ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

    य:मरी पुन्हीको अवसरमा मंगलवार त:मारीमा आयोजित एक कार्यक्रमका बीच सुवालले सो रकम बराबरको चेक मन्दिरका पूजारी मुल नाइके लक्ष्मीभक्त धेमसु र पूजारी कृष्णभक्त छुकांलाई हस्तान्तरण गरे । उक्त रकमबाट खडा गरिने अक्षय कोषले मन्दिर व्यवस्थापनमा सहयोग पुग्ने उनले बिश्वास व्यक्त गरेका छन् ।

    तौमढि युथ क्लवले मन्दिर व्यवस्थापन अक्षय कोषको लागि पहल गरिरहेको छ । क्लवका अध्यक्ष शिवराम भुजुको विशेष पहलमा आयोजित कार्यक्रममा दाता शिवराम सुवालले ठुलो धनराशी सहयोग गरेपछि श्रद्धालुहरु हर्षित भएका छन् । यसले मन्दिरलाई थप व्यवस्थित बनाउदै जाने स्थानीयले बिश्वास व्यक्त गरे ।

    सहयोग हस्तान्तरणले समाजलाई धर्म र सस्कृतीको जगेर्नामा योगदान गर्न प्रेरित गरेको स्थानीय समाजसेवी अनन्त प्रसाद धौभडेलले बताए । उनले सहयोगी मनका सुवाललाई धन्यवाद ज्ञापन गर्दै सहयोग गर्न मानिससंग धनसंगै मन पनि ठुलो हुनुपर्ने आवश्यकता औल्याए ।

    कार्यक्रमका संचालक विजयप्रसाद धौभडेलले धर्म, संस्कृती र परम्पराको रक्षा भएमात्र समाजको मौलिकता रक्षा हुने भन्दै क्लवले यसका लागि सचेतता पूर्वक काम गरिरहेको जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...