News Portal

  • कोरिया जाने भाषा परीक्षाको विषयलाई लिएर प्रदर्शन उग्र भएपछि अश्रुग्यास प्रहार

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १३ पुस २०८०
    २५४ पटक
    भक्तपुर, १३ पुस २०८०

    विदेश जान भाषा परीक्षाको विषयलाई लिएर प्रदर्शनकारीले उग्र रुप प्रदर्शन गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

    प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी गरेका छन् । मन्त्री ज्वाला भने सुरक्षित छन् । त्यस लगत्तै प्रहरी आक्रामक बनेको हो ।

    पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने इपिएस कार्यालयले जनाएको थियो । पानी जहाजमा परीक्षा दिएका परीक्षार्थीहरूले अनुत्तिर्ण भए फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए ।

    इपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अरु विद्यार्थीले फर्म भर्न नपाउने भएपछि उनीहरू विरोध प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनले ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...