News Portal

  • ताथलीमा माटोको ढिस्कोले पुरिँदा गयो कामदारको ज्यान

    भक्तपुर पोष्ट संवाददाता चाँगुनारायण, २९ फागुन २०८०
    ३८२ पटक
    चाँगुनारायण, २९ फागुन २०८०

    चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा जग्गामा पर्खाल लगाउने क्रममा एक कामदारको ज्यान गएको छ । मंगलवार अपराह्न अचानक माटोको ढिस्को खसेर पुरिँदा घाइते भएका कामदारको ज्यान गएको हो ।

    खाली जग्गामा पर्खाल लगाउनको लागि जग खन्ने क्रममा अचानक माटोको ढिस्को खस्न गई मकवानपुर भिमफेदी गाउँपालिका वडा नं. ६ स्थायी ठेगाना भई हाल चाँगुनारायण- ९ हलाल गाँउ बस्ने १६ वर्षीय जसन स्याङतानको ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताएका छन् । अपराह्न करिब साढे १२ बजे माटोको ढिस्कोले पुरिएका स्याङतानलाई उद्धार गरी उपचारको लागि ख्वप अस्पताल च्यामासिंह लगेकोमा उपचारकै क्रममा दिउँसो करिब २ बजे उनको ज्यान गएको डिएसपी पाठकले पुष्टि गरे ।

    घटनास्थलमा प्रहरी वृत जगातीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको र थप अनुसन्धान कार्य भईरहेको प्रहरी वृत्त जगातीकी प्रमुख दिप्ती कार्कीले जानकारी गराएकी छन् ।

    २ वर्ष अघि पनि ताथलीकै ताथली छापमा पर्खाल लगाउनेक्रममै ढिस्को खस्दा दुई जना मजदुरको ज्यान गएको थियो । तरपनि, पर्खाल लगाउने क्रममा जग्गाधनी, ठेकेदार र मजदुरले सुरक्षा सावधानीलाई बेवास्ता गरेका कारण घटना दोहोरिएको स्थानीय नेता जगन्नाथ खत्रीले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...