News Portal

  • सन्त समागमका लागि सल्लाघारीमा १५ हजार बढीको आश्रय

    भक्तपुर, ३ चैत २०८०
    ५११ पटक
    भक्तपुर, ३ चैत २०८०

    संजीप शुभचिन्तक, भक्तपुर । भक्तपुरको भक्तपुर-१ सल्लाघारीस्थित १०८ रोपनी खुला मैदान हजारौं मानिसले भरिभराउ भएको छ । देशविदेशबाट १५ हजार बढी मानिसहरु आध्यात्मिक साधनाका लागि मैदानमा भेला भएका छन् ।

    सदगुरु सुदीक्षा जी महाराजको सानिध्यतामा शनिवारबाट शुरु हुने दुई दिने ‘२३ औं निरंकारी सन्त समागम’ मा सरिक हुन मानिसहरु भेला भएपछि खुला चौरमा बेग्लौ रौनक बढेको छ । आयोजक सन्त निरंकारी मण्डल नेपालले १५ हजार बढी मानिसका लागि खानेबस्ने व्यवस्था मैदानमै मिलाएको छ भने त्यत्रो भीडका बाबजुद त्यहाँ कुनै कोलाहल भने छैन ।

    समागममा सदगुरु सुदीक्षा जी महाराजप्रतिको आकर्षण नै प्रमुख देखिएको छ । सहभागीहरु उनको सानिध्यमा रहन घन्टौंको यात्रा तय गरेर सल्लाघारी आइपुगेका छन् ।

    के हो निरंकारी सन्त समागम
    आयोजक सन्त निरंकारी मण्डल नेपालले शुक्रवार पत्रकार सम्मेलन गर्दै निरंकारी सन्त समागम सत्य, प्रेम र एकताको अभियान भएको बताएको छ । यो कुनै धर्म वा सम्प्रदाय नभई आध्यात्मिक विचारधारा भएको सन्त निरंकारी मिशनका बिदेश बिभागका अध्यक्ष विनोद भोहराजीले बताएका छन् । यसले कुनै विशेष धर्मग्रन्थको नभई सबै धर्मगन्थको मूलसार समेट्ने उनको भनाइ छ ।
    “सन्त निरंकारी मिशनले विभिन्न विचारधाराहरुमा आस्था राख्ने संसारका सबै मानवहरुको सम्मान गर्दछ । निराकार परमात्मालाई जान्नु नै मानव जीवनको मूल उद्देश्य हो,” उनले भने ।

    के हुन्छ दुई दिन
    सदगुरु सुदीक्षा जी महाराजको प्रवचन नै दुई दिने कार्यक्रमको प्रमुख आकर्षण भएको आयोजक समितिका अध्यक्ष नर बहादुर रावलको भनाइ छ । जिज्ञासु आत्मा(व्यक्ति) लाई परमात्मा(ईश्वर) को अनुभुती गराउने सामर्थ्यवान सदगुरु सुदीक्षा जी महाराजले दुई दिन सहभागी सन्तहरुलाई कृपा दृष्टि प्रदान गर्ने र तत्वबोध गराउने बताइन्छ । सदगुरुको कृपाले सर्वव्यापी इश्वरको अनुभूति हुने र मानव जीवन सरल र सुखी हुँदै मुक्तिको मार्ग प्राप्ति हुने बिश्वास श्रद्धालुहरुमा देखिन्छ ।

    कस्तो छ व्यवस्थापन
    कार्यक्रमका लागि १ हजार २ सय जना स्वयंसेवक खटाइएका काठमाडौं क्षेत्रीय संचालकको पद पाएका स्वयंसेवक बाबुराज महर्जनले बताएका छन् । कार्यक्रममा ९ हजार भारतीय र ६ हजार नेपालीका लागि चौरमै खानेबस्ने व्यवस्था गरिएको उनले जनाएका छन् । उपस्थित संख्या थपिएमा नजिकैका ३ वटा पार्टी प्यालेसमा राख्न आवश्यक समन्वय गरिएको उनले जानकारी गराए ।

    उपस्थित सबैलाई निःशुल्क एकैनासको खानेबस्ने व्यवस्था मिलाइएको र इच्छा अनुसारको भोजन खोज्नेहरुका लागि सुलभ मूल्यमा क्यान्टिन समेत संचालन गरिएको महर्जनले बताएका छन् । १०८ रोपनीमा ५ सय वटा अस्थायी सार्वजनिक शैचालय समेत व्यवस्था गरिएको महर्जनले बताए ।

    सदस्यको सहयोगमै व्यवस्थापनको खर्च
    सांसद समेत रहेकी संस्थाकी सदस्य रन्जु झाले सन्त समागम सदस्यहरुको आपसी सहयोगमा सम्पन्न हुने बताएकी छन् । कसैसंग मागेर नभई सदस्यहरुकै स्वेच्छिक सहयोगबाट व्यवस्थापन खर्च संकलन गरिएको उनले जानकारी गराइन । कार्यक्रममा उपस्थित हुनेहरु स्वेच्छाले आफ्नै खर्चमा आएको र कार्यक्रम पनि कतैको फन्डिङमा नभइ स्वेच्छिक दानबाट सञ्चालन हुने आयोजकको दावी छ।

    पत्रकार सम्मेलनमा प्रेस संयोजक विमल सिंहले कार्यक्रमबारे प्रेस जगतले सत्यतथ्य जानकारी गराई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने बिश्वास व्यक्त गरिन् ।

    नेपालमा निरंकारी मिसन
    सन् १९२९ मा अहिलेको पाकिस्तानमा पर्ने शहर पेशावरमा सन्त निरंकारी मिसनको स्थापना भएको थियो । बाबा बुटासिंह जी महाराजले स्थापना गरेको यो मिसनमा उनको निधनपछि नेतृत्व गरेका बाबा अवतार सिंह महाराजले भारत विभाजनको बेला मिसनको केन्द्र सारेर पेशावर बाट दिल्ली ल्याए । मिसनको नेतृत्वको दायित्व हस्तान्तरण हुँदै जादा सन् २०१८ देखि सदगुरु सुदीक्षा जी महाराजको हातमा मिसन संचालनको दायित्व रहेको छ ।

    १ सय भन्दा बढी देशमा विभिन्न नामबाट रहेको सन्त निरंकारी मिसनको नेपालका ३९ जिल्लामा १ सय २५ सत्संग भवन रहेका नेपाल अध्यक्ष नरबहादुर रावलले बताएका छन् । बि.स. २०२० सालमै अछामको गोयालापानीबाट मिसनले ज्ञान दिन शुरु गरेको बताईएपनि धेरैका लागि सन्त निरंकारी मिसन नौलो नै रहेको देखिन्छ । यसका सदस्यहरु नेपालमा ५० हजारको हाराहारीमा मात्र रहेका छन् । बिश्वबन्धुत्व र भाइचारालाई मिसनले जोड दिएको बताइन्छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...