News Portal

  • क्यान्सरसंग लड्न कविता

    हरिकृष्ण न्यौपाने भक्तपुर, १८ जेठ २०८१
    ३०० पटक
    nawaraj neupane cancer piditभक्तपुर, १८ जेठ २०८१

    क्यान्सर भन्ने बित्तिकै मानिसहरु कमजोर महसुस गर्छन् । तर, एक युवा कविले भने क्यान्सरसंग लड्न कविताकै सहारा लिएका छन् ।

    वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्दा गर्दै बोनम्यारो क्यान्सर भएर स्वदेश फर्किएका कवि नवराज न्यौपानेले क्यान्सर संग लड्दै गर्दा कविताको संग्रह नै लेखेका छन् र त्यसैलाई क्यान्सरसंग लड्ने हतियार बनाएका छन् । नवराजले लेखेको कविता संग्रह ‘सपनाका लहरहरु भाग ३’ शनिबार सार्वजनिक समेत हुने भएको छ । करिव दुई वर्ष देखि क्यान्सर रोगसंग लडिरहेका कविले उपचार खर्च सहयोगार्थ उनकै कविता संग्रह सार्वजनिक गर्न लागेका हुन् ।

    ललितपुरको ब्लड हस्पिटलमा उपचार गराइ रहेका नवराजको तेह्रौँ किमो भर्खरै सकिएको छ । हरेक २८ दिनमा किमो गर्नुपर्ने र यो उपचार बिधी महँगो हुने भएकाले आफ्ना कविता संग्रहहरु खरिद गरी सहयोग गर्न कविले सार्वजनिक अनुरोध गरेका छन् । नेपालकै पहिलो कविता रियालिटी शो ‘पोइट आइडल’मा समेत सहभागी भएका कवि नवराजको यस अगाडी पनि कविता संग्रह सपनाका लहरहरु भाग १ र २ प्रकाशति भइसकेका छन् भने उनका केही गीतहरू पनि रेकर्ड भएका छन्।

    क्यान्सर जस्तो रोगसँग जुधिरहेका कवि नवराजको मनोबल बढाउन र उनले अस्पतालकै सैयामा लेखेको कविता संग्रह ‘सपनाका लहरहरु भाग ३’ विमोचन कार्यक्रमको प्रमुख अतिथि वागमति प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण पूर्व मन्त्री अरुण नेपाल र विशेष अतिथि सुनकोशी गाँउपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सीना रहने बताइएको छ ।

    शान ब्याङ्केट, खहरेचोक (पेप्सीकोला)मा जेठ–१९ गते शनिवार, दिनको ४ वजे सिन्धुपाल्चोक सुनकोशी ३ का ‘क्यान्सर फाईटर’कवि नवराज न्यौपानेको उपचार खर्च सहयोगार्थ हुन लागेको यस कविता संग्रह बिमोचन कार्यक्रममा उपस्थित हुन सम्पूर्ण साहित्य प्रेमी र सहयोगी मनहरुलाई कविले अनुरोध गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...