News Portal

  • पत्रकार साहलाई सफाई

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ११ असार २०८१
    २५८ पटक
    भक्तपुर, ११ असार २०८१

    नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य रहेकी ललिता साहले विशेष अदालतबाट सफाई पाएकी छन् । सप्तरीबाट गोरखापत्र समाचारदाता समेत रहेकी साहले सेनेटरी प्याड खरिद सम्बन्धी मुद्दामा सफाई पाएकी हुन् ।

    सप्तरीको रुपनी गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ मा सेनेटरी प्याड खरिद गर्दा अनियमितता भएको भन्दै गत माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहसमेतलाई बिपक्षी बनाइ विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    केन्द्रीय सदस्य साह प्रोप्राइटर रहेको लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्सले खुल्ला टेण्डर प्रक्रियाको माध्यमले गरेको सेनेटरी प्याड आपूर्तिलाई कर्मचारीसँग मिलेमतोमा अनियमितता गरेको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको थियो ।

    अख्तियारले साहसहित तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी, सुब्बा सुजन दाहाल, लेखा अधिकृत श्याम सुन्दर यादव, शिक्षा शाखा संयोजक श्यामप्रसाद यादवलाई बिपक्षी बनाई मुद्दा दायर गरेको थियो ।

    उक्त मुद्दामा विशेष अदालतले आज (मङ्गलबार) फैसला गर्दै सबैलाई सफाइ दिएको हो । विशेष अदालतका अध्यक्ष समेत रहेका न्यायाधीश टेकबहादुर कुँवर, न्यायाधीश तेजनारायणसिंह राय र न्यायधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले साहसहित पाँचै जनालाई सफाई दिएको केन्द्रीय सदस्य साहले जानकारी दिएकी हुन् ।

    साह मुद्दापछि सपरिवार भक्तपुर रही सफाईको प्रतिक्षामा थिइन् । उनको नाममा दर्ता रहेको लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स उनका पतिले संचालन गर्दै आएपनि मुद्दामा जोडिन पुग्दा उनको पत्रकारिता पेशा प्रभावित बन्न पुगेको थियो । अदालतबाट सफाई पाएपछि उनले प्रसन्नता प्रकट गर्दै पुन: पत्रकारितामा क्रियाशील रहने प्रतिवद्धता प्रकट गरेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...