News Portal

  • पत्रकार रोजिनालाई ५० हजार राशीको युवा पत्रकारिता पुरस्कार प्रदान

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २७ असार २०८१
    १८७ पटक
    भक्तपुर, २७ असार २०८१

    पत्रकार रोजिना थापा युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छन् । युवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष प्रदान गर्ने सो पुरस्कारबाट यो वर्ष रोजिना पुरस्कृत भएकी हुन् ।

    सर्लाही स्थायी घर भएकी रोजिना नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिकी उपाध्यक्ष एवं प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिकी महासचिव समेत हुन् ।

    विभिन्न टेलीभिजनमा एक दशक भन्दा लामो पत्रकारिता यात्रा गरेकी उनी हाल देखापढी अनलाइनमा कार्यरत रहेकी छन् । उनी भक्तपुर पोस्टको सल्लाहकार समेत हुन् ।

    पछिल्लो समय उद्यमको क्षेत्रमा देखिएका चुनौती, अवसर, सम्भावनाको बारेमा विषय उठान गर्दै उनी सरोकारवालालाई सचेत गराउन प्रयत्नशील छन् । यसका साथै युवाहरूले नेपालमा नै राम्रो गर्न सक्छन् र स्वदेशमै मिहिनेत गरे प्रसस्त सम्भावना छ भन्ने हौसला प्रदान गर्नेखाले सामाग्री पस्कदै आएकी छन् ।

    मन्त्रालयले रोजिना सहित सुर्खेतका ललितबहादु बुढा, जुम्लाका सागर परियार र बैतडीका विनोद सिंह बिष्ट गरी चार जना पत्रकारलाई यस वर्षको युवा पत्रकारिता पुरस्कार प्रदान गरेको हो । उनीहरू सबैले ५० हजार नगद सहिद प्रमाणपत्र प्राप्त गरेका छन् ।

    सो अवसरमा बोल्दै पत्रकार रोजिना थापाले कर्म गर्दै जाँदा युवा उद्यमको क्षेत्रमा सहयोग पनि भएको र पुरस्कारले थप काम गर्ने हौसला पनि मिलेको बताउँदै आफ्नो पत्रकारिता पेशाप्रति सन्तोष ब्यक्त गरेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ...

    संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका...

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार...

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् ।...

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...