News Portal

  • पटक पटक प्रधानमन्त्री बन्ने लालसाले राजनीतिक अस्थिरता : प्रेम सुवाल

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २८ असार २०८१
    २७२ पटक
    prem suwal rostramभक्तपुर, २८ असार २०८१

    नेमकिपाका सचिव एवं प्रतिनिधि सभाका सदस्य प्रेम सुवालले शाशक दलका नेताहरुको पटक पटक प्रधानमन्त्री बन्ने लालसाले राजनीतिक अस्थिरता आएको बताएका छन् ।

    शुक्रवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतबारे आफ्नो धारणा राख्दै सांसद सुवालले सो कुरा बताएका हुन् । पटक पटक सरकार बन्ने परिपार्टीको अन्त्य गर्नुपर्ने उनले बताए ।

    एउटा पार्टीको कार्यकर्ताले अर्को पार्टीको चुनाव चिह्नमा मत हाल्न नहुने र त्यो शहिदको सपना नभएको उनको भनाइ छ ।

    सबै सरकारहरूका पालामा भ्रष्टाचार नियन्त्रण र सुशासन नभएको र जनताको पक्षमा सरकारहरूले काम नगरेका उनले जिकिर गरे । बाढी, डुबान रोकथाम र पीडित जनतालाई राहत दिन नसक्नु यसैको परिणाम भएको उनले प्रष्ट पारे ।

    सांसद सुवालले नयाँ सरकारले संसद्लाई प्राज्ञिक थलोको रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...