News Portal

  • ढलले बगाउँदा गयो महिलाको ज्यान

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २२ साउन २०८१
    २३० पटक
    भक्तपुर, २२ साउन २०८१

    छिमेकी जिल्ला काभ्रेपलान्चोकमा ढलले बगाउँदा एक महिलाको ज्यान गएको छ । मंगलबार बिहान पौने ११ बजेको समयमा धुलिखेल न.पा. ५ श्रीखण्डपुरमा रहेको ढलको मकलमा छिरेर उनी बेपत्ता भएकी थिइन् ।

    बगाएको स्थानबाट अन्दाजी ३ सय मिटर तल खेतमा तैरीएको अवस्थामा महिला मृत फेला परेको प्रहरीले पुष्टि गरेको छ ।

    ज्यान गुमाउनेमा रामेछाप खाडादेवी गा.पा. ३ घर भइ हाल पनौति- ५ नैकिनटार बस्ने वर्ष ५० की भगवती भागदास रहेकी जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

    ढलको मकलमा छिरी बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटी खोजतलास गर्दा करिब साढे ११ बजेको समयमा  शव भेटिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भैरहेको बताइएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...

    एनप्याब्सनको लोकनृत्य प्रतियोगितामा पारागन प्रथम, पछिपछि यूनिटी र सरस्वती

    नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कमलविनायक स्थित...

    नि:शुल्क सीपमुलक तालीमको अवसर, थिमिस्थित बालप्रेमी माविमा ब्युटिसियनको तालीम हुने

    बागमती प्रदेश सरकारले नि:शुल्क सीपमुलक तालीम दिने भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको...

    डान्स रियालिटी सो प्रतिभाको आँगनमा बिजेता बनिन् सुकृति श्रेष्ठ

    नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा सुकृति श्रेष्ठ बिजेता बनेकी छन् ।...

    मनाइदै इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ...