News Portal

  • मेयर थापाको पहलमा पूर्व राष्ट्रपतिको डोलेश्वर दर्शन र नगरपालिका अवलोकन

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २९ साउन २०८१
    १९७ पटक
    भक्तपुर, २९ साउन २०८१

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले केदारनाथको शिर डोलेश्वरको दर्शन गरेकी छन् । मंगलवार उनले डोलेश्वर महादेवको दर्शन गरेकी हुन् ।

    भक्तपुरको सूर्यविनायक-८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर मन्दिर पुगेकी पूर्वराष्ट्रपति भण्डारीले पूजाअर्चना, आरती र आराधना गरेकी सूर्यविनायक-८ का वडाध्यक्ष पुष्पराज बस्नेतले बताए ।

    सो अवसरमा पूर्वराष्ट्रपतिको स्वागतका लागि सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा र उपप्रमुख सरिता तिम्सिना भट्टराईसहित नगरपालिकाका जनप्रतिनिधिहरु एवं नेकपा (एमाले) भक्तपुरका जिल्ला अध्यक्ष बचन देउजा, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । उनीहरुले पूर्वराष्ट्रपति भण्डारीलाई डोलेश्वरको महिमाबारे बताउदै मन्दिर संरचनाको समेत अवलोकन गराएका थिए ।

    प्रसिद्ध डोलेश्वर मन्दिरसंगै पूर्वराष्ट्रपति भण्डारीले सूर्यविनायक नगरपालिकाको कार्यालय पुगेर नगर नेतृत्वलाई जनपक्षीय काममा दत्तचित्त भएर लाग्न अभिप्रेरित गरेकी छन् । सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा नेकपा(एमाले) भित्र पूर्वराष्ट्रपति भण्डारीको संरक्षणमा रहेका छन् । उनकै बलमा थापाले उम्मेद्वारी पाएको र नगर प्रमुख दोहोरिन सफल भएको एमाले वृत्तमा चर्चा रहेको छ ।

    सूर्यविनायक-५ कटुन्जेस्थित नगर कार्यपाकिकाको कार्यालयमा पुगेकी पूर्व राष्ट्रपति भण्डारीले स्थानीय सरकारले जनतासंग सुमधुर सम्बन्ध बनाएर सुख, शान्ति र सम्बृद्धि दिनसक्नुपर्नेमा जोड दिएकी छन् । जन भावनालाई केन्द्रमा राखी विकासका कार्यलाई अघि बढाउन उनले सुझाव समेत दिईन्।

    भौतिक विकास मात्रै नभई सामाजिक विकास र दिगो आर्थिक बिकासको लक्ष्य हासिल गर्ने गरि अगाडि बढ्नुपर्ने उनले बताइन । स्थानीय श्रोत र साधनको प्रयोग एवं सम्पदा र मौलिकताको संरक्षण एवं सम्वर्द्धन गर्दै अघि बढ्न उनले प्रेरित गरिन् ।

    सो अवसरमा नगर प्रमुख वासुदेव थापाले नगरपालिकाको समग्र बिकासको बारेमा जानकारी गराउनुका साथै नगरपालिकाको अवलोकन गरी मार्गनिर्देशन गरेकोमा आभार प्रकट गरेका थिए । पूर्व राष्ट्रपति भण्डारीलाई नगरपालिकाका प्रमुख थापा, उपप्रमुख सरिता तिम्सिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेल लगायत नगरकार्यपालिकाका पदाधिकारी एवं कर्मचारीले स्वागत गरेका थिए ।

    नेकपा एमालेका नेता एवं सूर्यविनायकका मेयर बासुदेव थापाको आतिथ्यतामा भक्तपुर आएकी पूर्वराष्ट्रपति भण्डारीको स्वागतमा एमालेका जिल्ला इन्चार्ज महेश बस्नेत भने आएनन । डोलेश्वर र नगरपालिका दुवै स्थानमा पूर्व मन्त्री एवं नेकपा(एमाले)का जिल्ला इन्चार्ज महेश बस्नेत भने अनुपस्थित देखिए । भक्तपुरमा मेयर थापा र जिल्ला इन्चार्ज बस्नेतबीचको सम्बन्ध अझै मिठासपूर्ण बन्न सकेको छैन ।

    प्रतिकृया दिनुहोस्

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...

    एनप्याब्सनको लोकनृत्य प्रतियोगितामा पारागन प्रथम, पछिपछि यूनिटी र सरस्वती

    नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कमलविनायक स्थित...

    नि:शुल्क सीपमुलक तालीमको अवसर, थिमिस्थित बालप्रेमी माविमा ब्युटिसियनको तालीम हुने

    बागमती प्रदेश सरकारले नि:शुल्क सीपमुलक तालीम दिने भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको...

    डान्स रियालिटी सो प्रतिभाको आँगनमा बिजेता बनिन् सुकृति श्रेष्ठ

    नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा सुकृति श्रेष्ठ बिजेता बनेकी छन् ।...

    मनाइदै इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ...