News Portal

  • ओली-बालेन फेसबुक वार : हेर्नुस् कसको जित, कसको हार

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १९ भदौ २०८१
    १११ पटक
    भक्तपुर, १९ भदौ २०८१

    काठमाडौँ महानगरका मेयर बालेन शाहले आफ्नो स्टाटसलाई सरकारले हटाइ दिएको दावी गरेपछि उनका समर्थक प्रधानमन्त्री केपी शर्मा ओलीसंग असन्तुष्ट रहेका छन् । बालेन समर्थकहरुले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनफलो’ गर्ने अभियान नै चलाएका छन् ।

    मेयर बालेनले भदौ १६ गते एमालेकी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा एउटा पोस्ट गरेका थिए । लामो फेसबुक स्टाटस लेख्दै एमाले कार्यकर्तालाई शिक्षा दिन सो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका थिए । नत्र, अध्यक्ष ओली जस्तै उनका कार्यकर्ता पनि अरुको इशारामा चल्नुपर्ने दिन आउने दावी गरिएपछि उनको सो स्टाटस भाइरल भएको थियो ।

    उनको सो स्टाटस फेसबुकबाट हटेपछि मंगलबार नै बालेनले अर्को पोस्ट गर्दै भने, ”पोष्ट हटाउने होइन, दोषीलाई करावाही गर्नुपर्यो सरकार ।

    बालेनको यो पोष्टले सरकारले उनलाई फेसबुक चलाउन पनि नदिएको उनका समर्थकले अर्थ लगाए। बालेनको पोष्ट हटेपछि शुरु भएको विवादले अब एक अर्काका पेज अनफलो गर्ने अभियानसम्म पुगेका छन  । त्यसपछि असन्तुष्ट बालेनका समर्थहरूले ओलीलाई फेसबुकमा अनफलो गर्न शुरु गरेका हुन् ।

    मंगलबार प्रधानमन्त्री ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा बुधबार यो समाचार तयार पार्दासम्म घटेर ५ लाख ८९ हजार पुगेको छ । अहिलेसम्म उनलाई ७७ हजारले अनफलो गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...

    एनप्याब्सनको लोकनृत्य प्रतियोगितामा पारागन प्रथम, पछिपछि यूनिटी र सरस्वती

    नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कमलविनायक स्थित...

    नि:शुल्क सीपमुलक तालीमको अवसर, थिमिस्थित बालप्रेमी माविमा ब्युटिसियनको तालीम हुने

    बागमती प्रदेश सरकारले नि:शुल्क सीपमुलक तालीम दिने भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको...

    डान्स रियालिटी सो प्रतिभाको आँगनमा बिजेता बनिन् सुकृति श्रेष्ठ

    नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा सुकृति श्रेष्ठ बिजेता बनेकी छन् ।...

    मनाइदै इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ...