News Portal

  • तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    राजेशमान मानन्धर / भक्तपुरपोस्ट सूर्यविनायक, २२ भदौ २०८१
    ५१८ पटक
    सूर्यविनायक, २२ भदौ २०८१

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७ गुण्डुमा रहेको तिथली नगरकोटी धिमेवाजा खल: समितला उनले आर्थिक सहयोग गरेका हुन् ।

    शनिबार एक समारोह बीच उनले समितिका संयोजक विनय नगरकोटीलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेका थिए । उनले आफ्नो ब्यक्तिगत तर्फबाट रकम उपलब्ध गराएको प्रष्ट पार्दै धिमे बाजा खल:को दीक्षान्तका लागि आवश्यक खर्च आफूले ब्यहोर्ने बताएका छन् ।

    सो अवसरमा नेता राणाले कला र संस्कृती नगरको पहिचान भएको भन्दै यसको संरक्षणमा आफू र आफ्नो पार्टी पूर्ण प्रतिवद्ध रहेको बताए । तिथली नगरकोटी धिमेवाजा खल: ले नयाँ पुस्तालाई धिमे बाजा बजाउन सिकाएकोप्रति सन्तोष ब्यक्त गर्दै यसले परम्परा पुस्तान्तरणमा सहयोग पुर्याउने उनले बिश्वास ब्यक्त गरेका छन् ।

    सस्कृती र परम्परा जोगाउन लागिपरेका युवा पुस्तालाई सबैले प्रोत्साहित गर्नुपर्ने प्रष्ट पार्दै यसलाई भेदभाव र पुर्वाग्रह नराख्न उनले स्थानीय सरकारको ध्यानाकर्षण समेत गराए ।

    धिमे बाजा समूहलाई दीक्षित गर्ने प्रयोजनका लागि खर्च चाहिने र त्यो खर्च माग्दा स्थानीय वडा र पालिकाले सुनुवाइ नगरेको धिमेवाजा समितिका संयोजक बिनय नगरकोटीले बताए । वडा र नगरपालिकामा सहयोग माग्दा सहगोग नदिएको र दिक्षितलाई दिक्षान्त समारोह गर्न समेत नसक्ने अवस्थामा सहयोग गरेर आफुहरूको हौसला बढाएको भम्दै उनले नेता राणाप्रति आभार प्रकट गरे ।

    समाजको लागि सहयोग गर्न धेरै धन होइन, ठुलो मन चाहिने भन्दै वरिष्ठ पत्रकार रमेश खड्काले रवि राणा जस्ता युवाहरु विकासका सम्बाहक भएका बताए । सो अवसरमा नेपाली कांग्रेसका स्थानीय  नेताहरुको पनि उपस्थिति रहेको थियो ।

    तिथली नगरकोटी धिमेवाजा खल:ले शनिवार दीक्षान्त कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा १२ जनालाई दिक्षीत गरिने आयोजकले जनाएको छ । सो कार्यक्रमका लागि रु ५० हजार हाराहारी खर्च हुने अनुमान गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...

    एनप्याब्सनको लोकनृत्य प्रतियोगितामा पारागन प्रथम, पछिपछि यूनिटी र सरस्वती

    नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कमलविनायक स्थित...

    नि:शुल्क सीपमुलक तालीमको अवसर, थिमिस्थित बालप्रेमी माविमा ब्युटिसियनको तालीम हुने

    बागमती प्रदेश सरकारले नि:शुल्क सीपमुलक तालीम दिने भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको...

    डान्स रियालिटी सो प्रतिभाको आँगनमा बिजेता बनिन् सुकृति श्रेष्ठ

    नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा सुकृति श्रेष्ठ बिजेता बनेकी छन् ।...

    मनाइदै इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ...