News Portal

  • पत्रकार महासंघको शक्ति पहिचान गर्न नसके इतिहासले हामीलाई निकै पछाडि हुत्याइदिन्छ

    विष्णु सापकोटा जुगल भक्तपुर, १६ असार २०८१
    १०८ पटक
    भक्तपुर, १६ असार २०८१

    देशमा लोकतन्त्र उदय र नेपाल पत्रकार महासंघको स्थापना सँगै जोडिएका छन् । अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रमा मात्रै सम्भव छ भन्ने विषय पुष्टि गर्दै जन्मिएको पत्रकार महासंघको समृद्ध इतिहास छ । गर्विलो वर्तमान छ । यसले सम्पूर्ण पत्रकार जगतका लागि आशा हुर्काउनु पर्ने अपरिहार्य कार्यभार छ ।

    प्रेस स्वतन्त्रताको रक्षा गर्न, पत्रकारको सुरक्षा बढाउन, समय सापेक्ष कानून निर्माण गर्न, सामाजिक सुरक्षा र बीमा प्रावधानका विषयहरू सुधार गर्न काम गर्नु पर्ने छ ।

    स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, लोकतन्त्र र सञ्चारकर्मीहरुको अधिकारको वकालतका लागि महासंघको भूमिका महत्वपूर्ण रहँदै आयो । पत्रकारितामा नैतिकता, व्यवसायिक पत्रकारिता अभ्यास प्रवद्र्धन, सम्पूर्ण पत्रकारहरुको हक, अधिकारको रक्षा एवं नेपालमा सञ्चारमाध्यमहरुसँग सम्वन्धीत विविध विषयहरुमा अनुकूल वातावरण निर्माण गर्न सक्रियतापूर्वक काम गर्दै आएको हुनाले नै महासंघ सर्वमान्य नागरिक संस्था बन्न पुग्यो । नेपालमा प्रजातन्त्रको प्राप्तीका लागि संघर्ष, अभ्यास तथा सञ्चारकर्मीका अधिकारको वकालतलाई निरन्तर मुद्धा बनाउँदै प्रशंसनीय कार्य गर्दै आएको विषयमा कुनै दुविधा छैन । विगतमा प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको सुरक्षा सुनिश्चित गर्न र लोकतान्त्रिक मूल्य मान्यताहरुलाई कायम राख्न आफ्नै नेतृत्वमा आन्दोलन, अभियान र वकालत गरेको हुनाले महासंघ आजको अवस्थामा आइपुगेको हो । महासंघको सक्रियताले नेपाली सञ्चारमाध्यम एवं लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
    यसबीचमा महासंघले सञ्चारकर्मीहरूको न्यूनतम पारिश्रमिकको मापदण्ड बनाउने एवं कार्यान्वयन गर्ने कार्यका लागि गरेको वकालत स्मरणयोग्य छ । कोभिड १९ र त्यसपछिको आर्थिक मन्दिका कारण मिडिया हाउस, धेरै पत्रकार र मिडियाकर्मीहरूले आर्थिक चुनौतिहरूको सामना गरिरहनु परेको छ । सहासंघले यस्तो अप्ठेरो अवस्थामा सञ्चारकर्मीहरूलाई उनीहरूको अधिकारको बारेमा चेतना जगाउने मात्रै नभएर मिडिया उद्योगी र सवद्ध पक्षलाई कर्तव्यबोध गराउन बल गरेको छ । तर यतिले मात्रै पुगेको छैन ।

    जनआवाजलाई प्राथमिकता दिने मिडिया र मिडियार्मीहरु नै संकटमा रहेको कारण जनआवाज मधुरो बनिरहेको छ । यो विषयलाई महासंघले कति सम्बोधन गर्न सक्यो भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ ।
    महासंघ नागरिक समाजको अगुवा संस्था भएकोले राष्ट्रको समृद्धि, सामाजिक न्याय र शुसासनको पक्षमा लड्ने, जनमत सृजना गर्ने विषयलाई पनि उत्तिनै प्राथमिकतामा राख्नु जरुरी छ । आफ्नो जनशक्तिलाई सूचना प्रविधिको क्षेत्रमामा भएको क्रान्तिलाई आत्मसात गर्न सक्ने गरी संयन्त्र निर्माण गर्नु पर्ने कार्यभार पनि उत्तिकै महत्वपूर्ण छ ।

    महासंघले समय सापेक्ष रुपमा व्यावसायिक विकास, समयानुकुल पत्रकारिताका अभ्यासहरू र डिजिटल मिडिया सम्वन्धी साक्षरताका लागि पहलहरू लिन आवश्यक छ । मिडिया उद्योगहरु र सञ्चारकर्मीहरुले सामना गरिरहेका चुनौतीहरूलाई सम्बोधन गर्न समय सापेक्ष कानून निर्माणको लागि वकालत गर्न सक्रियता देखाउनु पर्ने छ । प्रेस स्वतन्त्रताको रक्षा गर्न, पत्रकारको सुरक्षा बढाउन, समय सापेक्ष कानून निर्माण गर्न, सामाजिक सुरक्षा र बीमा प्रावधानका विषयहरू सुधार गर्न काम गर्नु पर्ने छ । सञ्चार कर्ममा रहेकोहरुको जीविकोपार्जनको सुरक्षा गर्र्नु पनि महासंघको मुख्य कार्यभार छ । अबको महासंले उल्लेखित विषयहरुलाई अनदेखा गर्न खोज यो पत्रकाहरुको छातासंस्था बनिरहने कुरामा संका उत्पन्न हुनेछ । आफ्नो गर्विलो इतिहास र समन्वयकारी वर्तमानलाई ख्याल गर्दै आगामी दिनका लागि आशा भर्नु महासंघको चुनौती हो । आगामी नेतृत्वले यसबारे अहिले नै स्पष्ट गरेर जान जरुरी छ ।

    महासंघ पत्रकाहरुको सामूहिक र शक्तिशाली आवाज हो । यसलाई पहिचान गर्न सकिएन भने इतिहासले हामीलाई निकै पछाडि हुत्याइदिने छ । सञ्चारकर्मीको हकहित र न्यायका लागि लड्ने महत्वपूर्ण संस्था महासंघले आफ्नो मूल धर्म विर्सियो वा वेवास्ता गर्न पुग्यो भने यसको उपस्थितिको अर्थ रहने छैन ।

    नेपाल पत्रकार महासंघलाई पत्रकारहरुको साझा छाता संगठन बनाउने विषय सधँैं पेचिलो रहन पुग्यो । गैर पत्रकारहरुको महासंघमा कुनै न कुनै तरिकाले आवद्धता हुनु अनि विविध कारण सक्रिय सञ्चार कर्ममा रहेकाहरु पनि महासंघमा आवद्ध हुन आवश्यक नठान्ने विषयको सम्बोधन गर्न विषलाई निर्मम समीक्षा गर्न सकिएको छैन । यसलाई मिलाउनु महासंघको आगामी कार्यभार हो । उल्लेखित विषयमा सम्बोधन हुन आवश्यक छ । वर्तमान मै महासंघबाट धेरै अपेक्षा गरिएको थियो । अहिलको आर्थिक मन्दीका कारण मिडिया हाउसहरु समस्यामा परिरहँदा श्रमजीवी पत्रकाहरुको अवस्था गम्भीर बन्न पुग्यो । न्युनतम बेतनको मुद्धा जटिल बनेको छ । साना तथा स्वरोजगार मिडिया र मिडियाकर्मीहरुको अवस्था त झनै चिन्ताजनक छ । जनआवाजलाई प्राथमिकता दिने मिडिया र मिडियार्मीहरु नै संकटमा रहेको कारण जनआवाज मधुरो बनिरहेको छ । यो विषयलाई महासंघले कति सम्बोधन गर्न सक्यो भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ ।
    महासंघ नागरिक समाजको अगुवा संस्था भएकोले राष्ट्रको समृद्धि, सामाजिक न्याय र शुसासनको पक्षमा लड्ने, जनमत सृजना गर्ने विषयलाई पनि उत्तिनै प्राथमिकतामा राख्नु जरुरी छ । आफ्नो जनशक्तिलाई सूचना प्रविधिको क्षेत्रमामा भएको क्रान्तिलाई आत्मसात गर्न सक्ने गरी संयन्त्र निर्माण गर्नु पर्ने कार्यभार पनि उत्तिकै महत्वपूर्ण छ ।

    महासंघ कस्तो बन्ने भनेर धेरै बहसहरु भए । मूल रुपमा नेपाल पत्रकार महासंघ ट्रेड युनियनका रुपमा लैजान आवश्यक छ । यो विचारणीय पक्षलाई वेवास्ता गरियो भने श्रमजिविका समस्या ज्युँ का त्युँ रहने पक्कापक्की छ । महासंले अन्तर्राष्ट्रिय जनमत निर्माण र आफ्नो संस्थालाई अन्तर्राष्ट्रियकरण गर्ने विषयमा पनि निरन्तर पहल गर्नु आवश्यक छ ।

    महासंघ पत्रकाहरुको सामूहिक र शक्तिशाली आवाज हो । यसलाई पहिचान गर्न सकिएन भने इतिहासले हामीलाई निकै पछाडि हुत्याइदिने छ । सञ्चारकर्मीको हकहित र न्यायका लागि लड्ने महत्वपूर्ण संस्था महासंघले आफ्नो मूल धर्म विर्सियो वा वेवास्ता गर्न पुग्यो भने यसको उपस्थितिको अर्थ रहने छैन । सबै पत्रकारहरुलाई एकै छातामुनी राखेर सामूहिक र साझा आवाजहरुलाई अघि बढाउने, सबद्ध पक्षसँग समन्वय गर्ने र आफ्ना विषयहरु अझ व्यवस्थित गर्नेतिर सोचिनु आवश्यक छ ।

    सम्मानित नागरिक संथाको नेतृत्वका रुपमा देशमा पूर्ण प्रेस स्वतन्त्रता, पारदर्शीता, जवाफदेहिता, सुशासन सहितको समृद्ध र न्यायपूर्ण नेपाल सुनिश्चित गर्ने जिम्मेवारी पनि पत्रकाहरुकै हो । यसको नेतृत्व महासंघले नै गर्ने हो । हामीले महासंघसमेतको सहभागी भएर गरिएको आन्दोलनबाट स्थापित संघीय लोकतन्त्रान्तिक गणतन्त्र कार्यान्वयनको जिम्मेवारी पनि विर्सनु हुँदैन ।

    (जुगल प्रेस सेन्टर नेपालका अध्यक्ष हुनुहुन्छ ।)

    प्रतिकृया दिनुहोस्

    सरकारलाई प्रमुख प्रतिपक्षी दलको ध्यानाकर्षण पत्र

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बाढी, पहिरो,...

    नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

    नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल...

    विश्व शिक्षक दिवसमा भक्तपुरका ९ शिक्षकलाई सम्मान

    विश्व शिक्षक दिवस (अक्टोबर-5) को अवसरमा भक्तपुरमा  शिक्षकहरूलाई सम्मान गरिएको छ । वि क्यान एजुकेशनल...

    निर्माण अघि भौगर्भिक अध्ययन जरुरी : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन...

    बाढी पहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा पशुपतिमा दीप प्रज्वलन

    राष्ट्रिय मुक्ति क्रान्ति नेपालले बाढी पहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा पशुपतिमा दीप प्रज्वलन गरेकाे छ...