News Portal

  • मध्यपुर अस्पतालको कार्यकारी अध्यक्षमा डा. प्रधानाङ्ग

    राजेशमान मानन्धर / भक्तपुर पोष्टमध्यपुर थिमि, १५ मङ्सिर २०८१
    ४७२ पटक
    मध्यपुर थिमि, १५ मङ्सिर २०८१

    नयाँ थिमिस्थित मध्यपुर अस्पतालको कार्यकारी अध्यक्षमा डा रविना प्रधानाङ्ग निर्वाचित भएकी छन् । अस्पतालको संस्थापक संचालक डा प्रधानाङ्ग कार्यकारी अध्यक्ष निर्वाचित भएकी हुन् ।

    १४ ओैं बार्षिक साधारण सभाबाट उनी कार्यकारी अध्यक्ष निर्वाचित भएकी अस्पताल प्रशासनले जनाएको छ । साधारण सभाले उनलाई सर्वसम्मत निर्वाचित गरेको बताइएको छ । यस अघि बिष्णुराज कार्की अस्पतालको अध्यक्ष रहेका थिए ।

    नवनिर्वाचित अध्यक्ष डा. रविना प्रधानाङ्ग वरिष्ठ स्त्री रोग बिशेषज्ञ हुन् । उनी मध्यपुर अस्पतालको स्थापनाकालदेखि सो अस्पतालमा कार्यरत रहेकी छन् । उनी अस्पतालको स्त्री रोग तथा प्रसुती बिभाग प्रमुख पनि हुन् ।

    प्रतिकृया दिनुहोस्

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...

    पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हास्मीले शिष्टाचार भेट गरेका छन्...

    बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम

    भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् । बागमती प्रदेश...