News Portal

  • कम्युनिष्ट पार्टीको भीडमा जन्मियो अर्को कम्युनिष्ट पार्टी

    इभक्तपुर संवाददाताभक्तपुर, २ माघ
    १०६८ पटक
    भक्तपुर, २ माघ

    नेपालका कम्युनिष्ट पार्टीहरुको भीडमा फेरी अर्को कम्युनिष्ट पार्टी थपिएको छ । अहिलेका कम्युनिष्ट पार्टीले जनविद्रोह गर्न नसक्ने निष्कर्ष निकाल्दै नेकपा (जनविद्रोह ) नामक नयाँ पार्टीको जन्म भएको हो ।

    वामपन्थी नेता निर्मल लामाको जन्मजयन्तीका अवसरमा पारेर उक्त पार्टी गठन भएको औपचारिक घोषणा गरिएको छ । पार्टीमा महासचिवमा निमा फिन्जो लामाको नेतृत्वमा २१ केन्द्रीय सदस्य रहेका छन् ।

    पार्टी घोषणा कार्यक्रममा निर्मल लामाकी श्रीमती सुकन्या वाइवाको पनि उपस्थिति रहेको थियो ।

    नेकपा ( जनविद्रोह ) ले जनतामाथि भएका अन्याय र भ्रष्टाचारविरुद्ध लड्ने र निर्मल लामाले देखेको सपना साकार पार्ने उदेश्य राखेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...

    शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन...