News Portal

  • बोर्डको संरचना र भूमिकाको बिषयमा बहस शुरु, अन्तराष्ट्रियस्तरको बनाउछौ : प्रा.डा.पौडेल

    इभक्तपुर संवाददाता ५ माघ
    १७९० पटक
    ५ माघ

    राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीका अध्यक्ष प्रा.डा. चन्द्रमणी पौडेलले बोर्डको संरचना र भूमिकाको बिषयमा बहस छेडेका छन्। देश प्रादेशिक संरचनामा गइसकेको अवस्थामा अध्यक्ष पौडेलले बोर्डको प्रादेशिक संरचना कस्तो बनाउने र यसको भूमिकालाई कसरी अगाडी बढाउने भन्ने बिषयमा बहस शुरु गरेका हुन् ।

    ‘संघीय संरचनामा माध्यमिक शिक्षा परीक्षा र रास्ट्रिय परीक्षा बोर्डको संरचना र भूमिका ‘ बिषयक अन्तरक्रियामा अध्यक्ष पौडेल सक्रिय सहभागी भएका छन । पुसको १८ गतेदेखि २२ गतेसम्म उनी बुटबल , दाङ, नेपालगंज र पोखरास्थित सम्पर्क कार्यालय पुगेर सरोकारवालाहरुसंग अन्तरक्रिया गरेर आएका छन भने दोश्रो चरणमा पूर्वका कार्यालयहरुमा त्यस्तै अन्तरक्रिया चलाउदैछन ।

    अध्यक्ष पौडेलले इभक्तपुरसँग कुरा गर्दै अन्तरक्रिया कार्यक्रम बोर्डलाई प्रादेशिक संरचनामा लैजाने गृहकार्य भएको भनेका छन । उनले आफूहरुसंग ११ सम्पर्क कार्यालय भएकोले प्रादेशिक संरचनामा जान अप्ठ्यारो नभएको दावी गरेका छन् ।” प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी तोक्ने बित्तिकै बोर्ड पनि प्रादेशिक संरचनामा गैहाल्छ ।” उनले भने ।

    अध्यक्ष पौडेलले कक्षा १० को परीक्षा प्रदेशस्तरमा चलाउने भन्ने कुरा पनि जटिल बिषय नभएको र सरकारले चाहेमा आफुहरु त्यसकोलागी तयार नै रहेको बताएका छन । उनले आफ्नो कार्यकालमा चुनौती र अवसर दुवै भएको भन्दै आफूले बोर्डका कामहरुलाई अनलाइनमा लान खोजेकोसमेत खुलासा गरे ।

    ”कार्यालय जहासुकै भएपनि अनलाइन सुबिधा भएपछी सेवाग्राहीलाइ सुबिधा हुन्छ , हामी त्यतापट्टी लागेका छौ । ” उनले भने । अध्यक्ष पौडेलले अनलाइनबाट कार्यसम्पादन चुस्त र दुरुस्त गराउन सहयोग मिल्नुको साथै सेवाग्राहीले समेत राहत पाउने दावी गरे ।

    ” अहिलेकै अवस्थामा चित्त बुझाउने ठाउ छैन ।  हामी अन्तराष्ट्रिय स्तरको सेवासुविधा बिस्तार गर्छौ । बोर्डलाई ISO प्रमाणपत्र प्राप्त संस्था बनाउने उदेश्यसहित हामी अगाडी बढेका छौ ।” उनले भने ।

    प्रतिकृया दिनुहोस्

    युट्युब च्यानललाई कारबाही गर्न प्रहरी र युट्युब कम्पनीलाई पत्राचार गर्दै प्रेस काउन्सिल

    प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको...

    शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार गर्ने भएका छन् । बिश्वासको मत पाएपछि...

    शब्द चयन नमिलेको सभामुख घिमिरेको स्वीकारोक्ति, संसद र प्रेसबीच सुमधुर सम्बन्ध हुनुपर्ने जोड

    प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद र प्रेससँगको सम्बन्ध सुमधुर हुनु पर्नेमा जोड दिए ।...

    स्ववियु निर्वाचनमा झडप नियन्त्रण गर्न हवाई फायर

    बाजुराको बूढीनन्दा नगरपालिका -२ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ...

    नेपाल-पाकिस्तान मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२३को विजेतालाई हिमालय शमशेर राना ट्रफी

    पाकिस्तान दूतावासले नेपाल-पाकिस्तान मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२३को विजेतालाई ‘हिमालय शमशेर राना ट्रफी’ले पुरस्कृत गरेको...