News Portal

  • बलिदानी दिवसको अवसर पारेर मधेस आन्दोलनका अगुवा यादवले गरे आँखादान

    इभक्तपुर संवाददातासिरहा, ६ माघ
    १७१४ पटक
    सिरहा, ६ माघ

    मधेश आन्दोलनका अगुवा कृष्णबहादुर यादवले आफ्ना दुवै आँखा दान गरेका छन । शुक्रबार ११औँ ‘बलिदानी दिवस’का अवसरमा उनले नेत्रदानको घोषणा गरेका हुन् ।

    लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा सम्झौता गरी यादवले मरणोपरान्त दुवै आँखा दान गर्ने इच्छापत्रमा हस्ताक्षर गरे । आफु मरेपनि आफ्ना आखाले नेत्रहिनहरुले संसार हेर्न पाउन भनेर आफुले आँखा दान गरेको बताउदै यादवले बलिदानी दिवसको दिन आँखा दान गरेर मधेसी शहीदलाई सम्झिएको बताए ।

    विसं २०६३ माघ २ गते अन्तरिम संविधानको विरोधमा शुरु भएको आन्दोलनका क्रममा लहानमा रमेश महतोको मृत्यु भएको माघ ५ को दिनलाई मधेशवादी दलले बलिदानी दिवसका रुपमा मनाउँदै आएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...