News Portal

  • वैदेशिक रोजगारीका बहानामा महिला बेचविखनको जोखिम बढेको भन्दै चिन्ता व्यक्त

    इभक्तपुर संवाददाताकाठमाडौँ, ११ माघ
    १३०३ पटक
    काठमाडौँ, ११ माघ

    विहीवार राजधानीमा आयोजित एक कार्यक्रममा मानव बेचविखन तथा वैदेशिक रोजगारीबीचको अन्तरसम्वन्ध ज्यादै गहिरिदै गएकोप्रति सचेत हुनुपर्नेमा जोड दिइएको छ । जोन्ता इन्टरनेशनल, महिला विकास कानुन मञ्च र युएन वुमनलगायतका संस्थाले विहीवार राजधानीमा आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै वक्ताहरूले सो कुरामा जोड दिएका हुन् ।

    कार्यक्रममा महिला विकास कानुन मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले मानव बेचविखन तथा वैदेशिक रोजगारीबीच अन्तरसम्वन्धबारे कार्यपत्र प्रस्तुत गर्दै बदलिदो परिवेशसँगै मानिस वेचविखनको स्वरूपमा परिवर्तन भएको र वैदेशिक रोजगारी यसका लागि सजिलो बहाना बनेको बताएका छन ।

    उनले वैदेशिक रोजगार सम्वन्धी ऐन,कानुन कार्यान्वयनमा कडाई गर्नुपर्ने, यससँग सरोकार राख्ने सबैपक्ष सचेत हुनुको साथै वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूले पनि वैधानिक बाटो अपनाएर मात्र जाने र वैदेशिक रोजगारीमा पठाउनेले झुक्याएको पाईएमा त्यस विरूद्ध कडा कार्वाही हुने कानुन ल्याउनु पर्नेमा जोड दिए ।

    कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका कानुन उप–सचिव अर्जुन प्रसाद खनालले अहिले वैदेशिक रोजगार सम्वन्धी कानुन संशोधनको प्रक्रियामा भएको र यस सन्दर्भमा मानव वेचविखन विरूद्ध काम गर्दै आएको धेरै सङ्घसंस्थाको सहकार्यमा आयोजित अन्तरक्रिया कार्यक्रमबाट निस्किएको निचोड, निष्कर्ष संशोधन प्रक्रियाका लागि पनि प्रभावकारी हुन सक्ने भन्दै आयोजकको प्रशंशा गरे ।

    नेपाल प्रहरीे महिला बालबालिका सेवा निर्देशनालयमा कार्यरत प्रहरी उपरिक्षक दीलिपसिं देउवाले वैदेशिक रोजगारलाई सुरक्षित बनाउन वैदेशिक रोजगार विभागमै पनि सम्वन्धीत विज्ञ टोली सहभागी कमिटी गठन गर्न सके रोजगारीमा जाँदा ठगिएका पीडित नेपालीको उद्धार र क्षतिपूर्ति दिलाउने कार्यमा समन्वय गर्न प्रहरीलाई सजिलो हुने सुझाव राखेका थिए ।

    उनले वैदेशिक रोजगारीमा हरेक दिन नयाँ- नयाँ समस्या थपिदै गएको र यससम्वन्धी कानुनमा अष्पष्टता रहेकोले पनि प्रहरीलाई त्यस सम्वन्धी उजुरीमा काम गर्न गाह्रो भईरहेको जानकारी गराएका थिए ।

    त्यसैगरी महान्यायधिवक्ताको कार्यलयका सह–न्यायधिवक्ता कृष्णजीवि घिमिरेले वैदेशिक रोजगारीमा जाँदा वैधानिक बाटो अपनाएर, सम्वन्धीत शीप तालिम हासिल गरेर मात्र जान सके वेचविखनमा पर्न सक्ने सम्भावना कम भएपनि जोखिम मोलेरै त्यसतर्फ जानेको सङ्ख्या हरेक दिन बढेको कारण पनि वैदेशिक रोजगार असुरक्षित बन्दै गएको बताए ।

    घिमिरेले जोखिम छ, भनेर सम्झाउँदा पनि मानिस जान नछोड्ने प्रवृत्तिले पनि यस क्षेत्रमा झनै समस्या थपिएको छ जिकिर गर्दै यसको न्युनिकरणको लागि सबैको पहल, जागरण, आवश्यक रहेकोमा जोड दिएका थिए ।
    कार्यक्रममा सहभागी जोन्ता इन्टरनेशनलका प्रमुख सोन्जा ह्वाङसङ्ले जोन्ताले संयुक्त राष्ट्रसङ्घीय निकाय युएन वुमनसँग सहकार्य गरी नेपालमा काम गरिरहेकोबारे जानकारी दिंदै यहाँ काम गर्ने क्रममा महिला–पुरूषको असमान अधिकारको नकारात्मक प्रभावले महिलाको हक अधिकारलगायत थुप्रै क्षेत्र प्रभावित भएको अनुभव सुनाए ।
    उनले आफू स्वीडेनको नागरिक भएको र त्यहाँ हिंसा विरूद्ध कानुन नै कडा भएकोले महिलाको अवस्था राम्रो भएको बताइन । उनले विश्वभरका छैसठ्ठी देशका तेत्तिसहजार उद्यमी महिलाबाट प्राप्त चन्दाबाट विभिन्न देशका महिलालाई आत्मनिर्भर बनाउने अभियानमा जुट्दा नेपालमा महिलाको अवस्थाबारे जान्ने अवसर पाएको र यस क्रममा यहाँ बालविवाह हुने, महिला कम शिक्षित, पुरूषले अफिसमा गएर कमाएको मान्यता ठूलो, महिला घर बसेर पु¥याएको सेवाको कुनै मुल्य नपाउनेलगायतका कारणले महिला वैदेशिक रोजगारीमा जान तम्सने र जाँदा ठगिने, यौन हिंसामा पर्ने, वेचविखनमा पर्ने जोखिममा पर्ने गरेको बारे चिन्ता व्यक्त गरिन ।
    युएन वुमनका रणनैतिक साझेदार विज्ञ सरू जोशीले युएन वुमनले अहिले जोन्तासँग मिलेर ६ सय महिलालाई आत्मनिर्भर बनाउन शीपमुलक तालिम प्रदान गरिरहेको जानकारी दिएकी थिइन् ।

    महिला आत्मनिर्भर बन्ने, केही कमाएर छोराछोरी राम्ररी पढाउनेलगायतका इच्छाले वैदेशिक रोजगारमा जाँदा धेरै जोखिममा परिरहेको सन्दर्भमा स्वेदेशमै उद्यमी बन्न प्रदान गरिएको तालिमले धेरै महिला वेचविखनमा पर्ने जोखिमबाट मुक्त पार्न सहयोगी सिद्ध भएको जोशीले जिकिर गरिन ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...